ठगी आरोपमा पक्राउ परेका न्यौपानेलाई एक हप्ता हिरासतमा राख्न अनुमति « Khabarhub

ठगी आरोपमा पक्राउ परेका न्यौपानेलाई एक हप्ता हिरासतमा राख्न अनुमति


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगीको आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई एक हप्ता हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार न्यौपानेलाई थप एक हप्ता हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले म्याद थपका लागि जिल्ला अदालतमा न्यौपानलेलाई हाजिर गराएको थियो। यसअघि ब्युरोले न्यौपानलाई बुधबार चण्डोलबाट पक्राउ गरेको थियो।

इन्जिनिरिङ कलेजमा ठगी गरेको आरोपमा न्यौपानेसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। न्यौपाने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा पनि मुछिएका व्यक्ति हुन्।

यसअघि सीआईबीले न्यौपानेसहित पाँच जनाविरूद्ध गत कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो। कलेजमा न्यौपानेसहित पाँच जनाविरुद्ध ८ करोड २१ लाचख ६ सय ५० रुपैयाँ बिगो छ।

इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा उनले ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दामाथि ब्युरोले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : ४८ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।