ईयूको उडान प्रतिबन्द चाँडै हट्छ : पर्यटनमन्त्री भट्टराई « Khabarhub

ईयूको उडान प्रतिबन्द चाँडै हट्छ : पर्यटनमन्त्री भट्टराई


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली सङ्घ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्द छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको उल्लेख गर्दै उनले अझै पनि नेपाललाई ईयूले उडान प्रतिबन्ध लगाइराख्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारे ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ को आज सार्वजनिक गर्दै मन्त्री भट्टराईले ईयूको सुरक्षा चासोअनुरुप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्नसक्ने जिकिर गरे ।

उनले भने, “युरोपियन मुलुकमा हाम्रो उडान प्रतिबन्ध कायमै छ, अन्य मुलुकभन्दा हामी हवाई सुरक्षास्तरमा माथी छौँ, तर पनि किन प्रतिबन्ध कायमै, प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनले पनि हाम्रो अवस्थालाई स्पष्ट गरेको छ, त्यसैले अझै पनि प्रतिबन्ध लगाइरहनुपर्ने आवश्यकता छैन, यो कुनै तथ्यमा आधारित पनि छैन ।”

उनले ईयूको उडान प्रतिबन्ध फुकुवाको वातावरणका लागि सबैको लबिङ र संयुक्त पहलकदमी चाहिने बताए । पर्यटनमन्त्री भट्टराईले कानूनी प्रक्रिया पूरा गरी चाँडै नै ईयूको प्रतिबन्ध फुकुवा गरिने उल्लेख गरे ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ०२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक