७१ वर्षीया वृद्धामाथि बलात्कार प्रयास गर्ने गिरी पक्राउ | Khabarhub Khabarhub

७१ वर्षीया वृद्धामाथि बलात्कार प्रयास गर्ने गिरी पक्राउ


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीमा ७१ वर्षीया वृद्धामाथि बलात्कार प्रयास गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीलाई पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार गत मंगलबार एकल वृद्धा महिला आफ्नै घरभित्र सुतिरहेको बेला गिरी राति १० बजे जबरजस्ती घरभित्र प्रवेश गरेका थिए।

घरभित्र प्रवेश गरेर जबरजस्ती बलात्कारको प्रयास गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले गिरीलाई बुधबार पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : २५ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना