जम्मू-कश्मिरको रजौरीमा फायरिङ : भारतीय सेनामा रहेका एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

जम्मू-कश्मिरको रजौरीमा फायरिङ : भारतीय सेनामा रहेका एक नेपालीको मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत-पाकिस्तानको सीमामा फायरिङ हुँदा दुई सैनिकको ज्यान गएको छ ।

शुक्रवार जम्मू-कश्मिरको रजौरी जिल्लामा भएको गोलीबारीमा दुई भारतीय सेनाको निधन भएको हो ।

सेनाका जवान नायक प्रेम बहादुर खत्री र राइफलम्यान सुखबीर सिंहको निधन भएको हो ।

अनुसार शुक्रबार बिहान जम्मू कश्मीरको रजौरी क्षेत्रमा ‘आतंकवादी’ले सेनाको टोलीमाथि आक्रमण गरेका थिए। सो घटनामा गम्भीर घाइते भएका खत्रीको अस्पतालमा निधन भएको हो।

यता मृतक खत्री दाङका रहेको बताइएको छ। उनी १४ वर्षदेखि भारतीय सेनामा कार्यरत रहेको जनाइएको छ। भारत र पाकिस्तानबीच लगातार गोलीबारी भइरहने जम्मू कश्मीरमा नेपाली युवाहरुले ज्यान गुमाउँदै आएका छन्।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ५५ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका