कोरोनाविरुद्धको खोप आफूले प्रयोग नगर्ने ब्राजिलका राष्ट्रपतिको घोषणा « Khabarhub

कोरोनाविरुद्धको खोप आफूले प्रयोग नगर्ने ब्राजिलका राष्ट्रपतिको घोषणा


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिलिया– ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले प्रयोग नगर्ने घोषणा गरेका छन्।

सरकारले कोरोनाको खोप ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने उनले घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, “म तपाईहरूलाई भन्छु की म त्यो (खोप) लिन्न । यो मेरो अधिकार हो ।”

ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

मृतकहरुको यो सङ्ख्या अमेरिकापछि विश्वमै सवैभन्दा धेरै हो । कोरोनाका कारण भएको मानवीय क्षतिको हिसावले ब्राजिल दोस्रो क्रममा रहेको छ । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ६९ हजार ५७९ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितको सङ्ख्याको हिसावले दोस्रोमा रहेको भारत भने मृतकहरुको सङ्ख्याका आधारमा तेस्रोमा रहेको छ । भारतमा कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको सङ्ख्या अहिलेसम्म एक लाख ३५ हजार ७५२ रहेको छ ।

विश्वमै दोस्रो धेरै मानवीय क्षति बेहोरेको मुलुक भएर पनि राष्ट्रपति बोल्सोनारोको अडान गलत भएको भन्दै धेरैले उनको आलोचना गरेका छन् । कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारले गरेको कडाइप्रति उनले असहमति र असन्तुष्टि जनाउदै आएका छन् ।

उनले मास्क लगाउनु नपर्ने, सामाजिक दुरी काम गर्नु नपर्ने र कुनै सतर्कताको आवश्यकता नभएको दावी पनि गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : १४ बजे

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल

वन्यजन्तु संरक्षक मिर सम्मानित

काठमाडौँ- वन्यजन्तु संरक्षणका क्षेत्रमा सक्रिय आलिया मिर जम्मु कश्मीर वन्यजन्तु

खेलकुद मानवीय जीवनको अङ्ग हो : माधव नेपाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

चीनको आर्थिक वृद्धिदर : अव्यवहारिक लक्ष्य, परिणाम न्यून

काठमाडौँ- चिनियाँ जन कांग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलन