नेकपा विवाद ‘उत्कर्ष’मा पुगेपछि प्रदेश १ मा ‘प्रचण्ड–नेपाल’ समूहले गरे छुट्टै भेला  « Khabarhub

नेकपा विवाद ‘उत्कर्ष’मा पुगेपछि प्रदेश १ मा ‘प्रचण्ड–नेपाल’ समूहले गरे छुट्टै भेला 


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् ।

नेकपा विवाद  ‘वार कि पार’को स्थितिमा पुगेपछि जिल्ला तहमा समेत छुट्टा-छुट्टै भेला हुन थालेको पाइएको छ ।

यसैबीच प्रदेश १ मा ‘प्रचण्ड–माधव’ समूहको भेला भएको बुझिएको छ । इटहरीको एक होटलमा भएको भेलामा मोरङ जिल्लाभरका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भएको बुझिएको छ ।

उनीहरुले अध्यक्ष ओली रहँदासम्म आफ्नो समूहले अवसर नपाउने भएकोले ‘अब ओलीसँग मिलेर जान नसक्ने’ निष्कर्ष निकालेको भेलामा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार  ‘हाइकमाण्ड’को निर्देशन अनुरुप भेला आयोजना गरिएको र सोही अनुरुप अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

भेलामा सहभागीहरुले ओली पक्षविरुद्ध  निकै असन्तुष्ट बनेका थिए ।  पूर्वमाओवादीका नेताले भने मिल्न सकिन्छ भने मिलाएरै अघि बढ्न सुझाव दिएको ती नेताले जानकारी दिए ।

भेलामा सहभागी पूर्वमाओवादीका एक नेताले भने, ‘पहिलो चरणमा प्रदेश किमिटी सदस्य बसेर भेला भएपनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ ।’

भेलाले मोरङ जिल्लाभर प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षीयभन्दा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय नेता–कार्यकर्ताको संख्यात्मक गणना समेत भएको थियो ।

भेलाले अब १३ गतेपछि प्रदेश नं. १ का मन्त्री, सभासद र स्थानीय तहका आफू निकट प्रतिनिधिको भेला तथा प्रशिक्षण तय गर्ने निर्णय गरेको छ ।

भेलामा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सहइन्चार्जद्वय महेश रेग्मी, गोपी आछामी, पूर्वमन्त्री शिवकुमार मण्डलसहित प्रदेश कमिटी सदस्य गरी ५० जना हाराहारीको सहभागिता रहेको जनाइएको छ ।

पछिल्ला केही हप्ता यता नेकपाभित्र अध्यक्षद्वयबीच विवाद बढेको छ। पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ।

अध्यक्ष प्रचण्डले ओलीमाथि ‘आरोप नै आरोप’ लगाउँदै सचिवालयमा प्रतवेदन पेश गरेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।

गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले उक्त राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

गत मंसिर ३ गते बसेको बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनमा जवाफसहित तथ्यपरक प्रतिवेदन ल्याउने बताएका थिए ।

उनले आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताएपछि सचिवालय बैठक  १३ गते सम्मका स्थगित गरिएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : ४९ बजे

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८

दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, आरसिबी ६ विकेटले पराजित

काठमाडौं – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को रोमाञ्चक खेलमा

आइपिएल : चेन्नईलाई हैदराबादले दियो १९५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा