सिन्जियाङमा सयौं मुस्लिम धर्मगुरुहरु पक्राउ « Khabarhub

सिन्जियाङमा सयौं मुस्लिम धर्मगुरुहरु पक्राउ


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्जियाङ्- चीनको उत्तर पश्चिमी सिन्जियांग उइघुर स्वायत्त क्षेत्रका अधिकारीहरूले सयौं मुस्लिम धर्मगुरु (इमाम)लाई बन्दी बनाएका छन्।

चीनले हालै ६ सय १३ भन्दा बढी धर्मगुरुलाई पक्राउ गरेको नर्बेस्थित शरणार्थीसम्बन्धी संस्थाका अध्येता अब्दुवेली आयुपले पत्ता लगाएका हुन।

उनले  विभिन्न क्षेत्रमा गरेको अनुसन्धानबाट सन् २०१७ बाट थालिएको उइघुरबिरुद्धको कार्वाहीलाई तिब्रता दिइएको र हाल १६ लाख भन्दाबढी उइघुर तथा अन्य जातीय अल्पसंख्यकहरुलाई बन्दी बनाइएको खुलेको छ। आयुपको टोलीले सन् २०१८ देखी उक्त अनुसन्धानमा सक्रिय थियो।

कम्युनिस्ट देश चीनले कट्टरपन्थीको आरोपमा हालैका दशकहरुमा चीनले धार्मिक समुदायमाथी दमन बढाउँदै लगेको छ। खासगरी सुदुर पश्चिम क्षेत्रमा रहेका अल्पसंख्यक उइघुर मुस्लिम समुदाय चिनिया अधिकारीहरुको निसानामा पर्दै आएको छन्। चीनले हजारौं उइघुर समुदायका व्यक्तिहरुलाई मानवीय र कानुनी प्रशिक्षण केन्द्र भन्दै बिभिन्न शिबिरहरुमा थुनामा राख्ने गरेको छ। सिन्जियाङ् अल्पसंख्यक उइघुर मुसलमान समुदायमाथी चीनको लगातारको दमनलाई अन्तर्राष्ट्रिय समुदायले आलोचित गर्दै आएका छन्।

सन् २०१२ चीनको राष्ट्रपतिमा सी जिनपिङ्गको आगमनसंगै उइघुर समुदाय र क्रिस्चियन समुदायको बिरुद्ध अभियाननै चलाइएको संयुक्त राष्ट्रसंघको दावी छ । त्यस्तै कयौं मानवअधिकारवादी संस्थाहरु, पश्चिमा सरकार, अमेरिकी कानुन व्यवसायीहरु, संचारसंस्थानहरु लगायतले गरेको स्वतन्त्र अनुसन्धानमा समेत चीनले अल्पसंख्यक मुस्लिम समुदाय उइघुरलाई पुनः शिक्षाको नाममा दमन गर्दै आएको प्रमाणहरु सार्वजनिक गरेका छन्। पुनः शिक्षाको नाममा चलाइएको तालिममा १८ लाख भन्दा बढी थुनामा राखेको प्रतिबदेनहरुमा जनाइएको छ।

चीनले लाखौँको संख्यामा रहेका उइघुर समुदायका व्यक्तिहरुलाई विशेष शिविरमा थुनामा राखेको छ। विशेष कक्षाहरु संचालन गर्दै उनीहरुलाई धर्म छोड्न प्रेरित गरिन्छ । लामो दाह्री पाल्न, सार्बजनिक क्षेत्रमा बुर्का लगाउन, मुस्लिम पुस्तकहरु पढ्न, सार्बजनिक रुपमा पुजा गर्न, प्रतिबद्ध लगाइएको छ । त्यस्तै अधिकांस क्षेत्र र घरहरुमा समेत क्यामेरा राखिएका छन् । शंकास्पदहरुलाई महिनौ सम्म बिना कुनै आरोप प्रहरीले थुन्ने र अनुसन्धान गर्ने गरेको छ। चिनिया ब्यबहारले उइघर समुदाय पहिचानबिहिन हुने अबस्थामा पुगेको अन्तर्राष्ट्रिय मानवअधिकारी संस्थाहरुले चिन्ता जनाउँदै आएका छन ।

चिनियाँ हान जातीय समुदायले त्यस क्षेत्रका मुस्लिमहरुलाई अल्पमतमा पार्न तथा त्यहाँ ठ्रलो संख्यामा बसाइ सराइ गरेपछि आफ्नो पारम्परिक संस्कृति ओझेलमा परेको बताउने गरेको छ। चिनियाँ अधिकारीहरूले क्षेत्रीय स्वायत्तताको माग गरिरहेका उइघुर समुदायलाई सिन्जियाङ्मा निगरानी राख्ने गर्दछ।

जातीय अल्पसंख्यक उइघुर मुसलमान समुदायमाथी गम्भीर मानवअधिकार उल्लंघन गरेको भन्दै अमेरिकाले केही चिनिया अधिकारीहरुमाथी प्रतिबन्ध समेत लगाएको छ । चिनिया दमन र प्रतिरोधले सिन्जियाङ् क्षेत्रमा फाट्टफुट्ट हिंसात्मक घटनाहरू भइरहन्छन। चीनले पछिल्लो समय तिब्बती, उइघुर र मङोलियन समुदायमाथि धार्मिक तथा संस्कृतिक अतिक्रमण गर्दै भन्दै बिभिन्न देशहरुमा प्रदर्शन पनि हुँदै आएको छ।

चीनको उइघुर समुदाय सिङजियान क्षेत्रमा बसोबास गर्छन्। उनीहरु पहिले बहुमत रहेपनि केही वर्षदेखि चीनले सरकारनिकट हान सम्प्रदायलाई सिङजियान प्रान्तमा बसाइँसराई गराई अल्पमतमा पार्दै लगेको छ भने उनीहरुको आफ्नो रीतिरिवाज र धर्मसंस्कृतिमाथी प्रतिबन्ध लगाइदिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : ०४ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि