यमनको हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण « Khabarhub

यमनको हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साउदी सेनाको नेतृत्वमा यमनको मध्य क्षेत्रमा रहेका यमनी हुथी समूहको प्रभाव क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

आक्रमण जबल मुराद र जौबा जिल्लाका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको यमनी टेलिभिजनले बताएका छन् ।

आक्रमणले हुथी समूहमा के कति क्षति भएको भन्नेबारे थप जानकारी भने दिइएको छैन । गठबन्धन वा यमनी सरकारबाट यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।

गठबन्धनले सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा हुथी समूहले प्रभाव विस्तार गर्न नसकुन भनेर पछिल्ला केही हप्तादेखि हुथीको प्रभाव क्षेत्रमा हवाई आक्रमण भइरहेका छन् ।

सन् २०१४ अन्त्यदेखि यमन गृहयुद्धमा फसेको छ । यमनमा इरान समर्थित हुथी समूहको कब्जामा उत्तरी प्रान्तहरू रहेका छन्

राष्ट्रपति अब्द रब्बू मन्सूर हादीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सानाबाट पलायन हुन बाध्य गरेको थियो ।

साउदीको नेतृत्वमा रहेको अरब गठबन्धनले सरकारलाई समर्थन गर्न सन् २०१४ यमनमा हस्तक्षेप गरेको भए पनि अहिलेसम्म यमनमा समानान्तर सरकार सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ६ : ०९ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत