मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी « Khabarhub

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थालिएको छ ।

प्रदेश १ का तीन मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन्। त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले बर्खास्त गरेका थिए।

प्रचण्ड नेपाल पक्षले राजीनामा दिएपछि मुख्यमन्त्री राईको सरकार अल्पमतमा परेको छ। प्रदेश १ को प्रदेश सभामा ९३ सदस्य छन्।

जसमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकएक जना छन्। नेकपाका ६७ सदस्यमध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन्।

बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ। तर, अब मुख्यमन्त्री राईसँग २० जना मात्रै सांसद रहनेछन्। प्रचण्ड–नेपाल पक्षले आफूसँग ४७ जना रहेको दाबी गरेका छन्।

बर्खास्त गरेपछि के भने नेता आङ्बोले

मुख्यमन्त्रीले मन्त्री पदबाट बर्खास्ती गरेपछि हिजै नेता आङ्बोले आफ्नो नेतृत्वमा आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने बताएका थिए । उनले अविश्वास प्रस्ताव दर्ता गर्नुअघि आफैले राजीनामा दिने तयारीमा रहे पनि पदमुक्त गरेर मुख्यमन्त्रीले कामलाई झनै सहज बनाइदिएको बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपामा देखिएको विभाजनको असर प्रदेशमा पनि पर्न लागेको हो। यसै क्रममा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका तीन मन्त्रीले आज बिहान राजीनामा दिएका हुन्।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १० : २१ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी