महिला रोबोट अन्तरिक्षमा पठाउँदै भारत « Khabarhub

महिला रोबोट अन्तरिक्षमा पठाउँदै भारत


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले आफ्नो पहिलो ह्युमोयड (मानिसजस्तै देखिने रोबोट) को पहिलो प्रोटोटाइप पेश गरेको छ । यस रोबोटको नाम व्योममित्र राखिएको छ ।

डिसेम्वर २०२१ मा पठाइने मानव अन्तरिक्ष मिशनमा व्योममित्रले पुरुष अन्तरिक्षयात्रिलाई सहयोग गर्नेछिन्।

गगनयान प्रोग्राम अन्तर्गत व्योममित्रलाई यस वर्षको अन्त्यमा र आउदो वर्ष पनि मानव रहित मिसनमा पठाइने छ ।

बेंगलोरमा यसै हप्ता भएको मानव अन्तरिक्षयान र अन्वेषणः वर्तमान चुनौतीहरु र भविष्यको प्रवृत्ति विषयक ३ दिने अन्तर्राष्ट्रिय गोष्ठिमा व्योममित्रलाई सार्वजनिक गरिएको थियो । जुन कार्यक्रमको सबैभन्दा आकर्षक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा उपस्थित मानिसहरु व्योममित्रले आफ्नो परिचय आफैंले दिएकोमा अचम्मित भएका थिए ।

रोबोटले सबैलाई मेरो नमस्कार, म व्योममित्र हुँ र मलाई अर्ध मानव रोबोटको नमुनाको रुपमा पहिलो मानवरहित गगनयान मिशनको लागि बनाइएको हो भनेर आफ्नो परिचय दिएको थियो । रोबर्टले आफू पूरा यानको मापदण्डलाई निगरानीमा राखेर अरुलाई सचेत गराउने र स्विच प्यानलको संचालन सहित विभिन्न काम गर्न सक्ने बताएको थियो ।

अन्तरिक्ष केन्द्रले हाल देखाईएको प्रोटोटाइपमा थप काम गरिरहेको जानकारी दिएको छ । यो अल्गाेरिदम लजिकमा आधारित रहेर तयार पारिएकोहो ।

भारतले डिसेम्वर २०२१ मा मानव मिसनलाई अन्तरिक्षमा पठाउनु पहिले इसरोले दुई मानवरहित मिसन डिसेम्बर २०२० र जुन २०२१ मा अन्तरिक्षमा पठाउने छ । बीबीसीबाट

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको