बैंकिङ कसुरमा फरार बुढाथोकी कारागार चलान « Khabarhub

बैंकिङ कसुरमा फरार बुढाथोकी कारागार चलान


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसुरका फरार व्यक्तिलाई काठमाडौँबाट पक्राउ गरी आज कारागार चलान गरिएको छ ।

उच्च अदालत पाटनको आदेशले जरिवाना र कैद सजाय तोकिए पनि फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज कारागार चलान भएका हुन् ।

उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु पाँच लाख जरिवाना हुने फैसला सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौँको गोलढुङ्गाबाट उनलाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले आजै केन्द्रीय कारागार सुन्धारा पठाएको हो ।

उनले व्यवसायका लागि रकम आवश्यक पर्‍यो भनी रु पाँच लाख ऋण लिएर पैसा नभएको बैंकको चेक दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।

सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा परेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : २१ बजे

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची