सम्यक पर्वमा दान लिँदा र दिँदा हुन्छ श्रीवृद्धि « Khabarhub

सम्यक पर्वमा दान लिँदा र दिँदा हुन्छ श्रीवृद्धि


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिका–७ का ७० वर्षीय सूर्यमान डङ्गोल विहीबार बिहान पाटनको नागबहालमा दान दिन उपस्थित भए । उनले एकपछि अर्काे गर्दै सबै भिक्षुको झोलामा एक एक मुठी चामल हालिदिए ।

पाटनमा भव्यताका साथ मनाइने सम्यक पर्वले पारिवारिक सुख शान्त्तिका साथै सबैको इच्छा र कामना पूरा हुने पाटनवासीको विश्वास छ ।

आफूले आफ्नो क्षमतानुसार यस पर्वमा जे सकिन्छ त्यही दान गरे मनले चिताएको पूरा हुने विश्वास डङ्गोलको छ । उनले भने, “दानपर्वमा यही नै वस्तु चढाउनुपर्छ भन्ने कुनै विशेष नियम र बाध्यता छैन ।”

यसैगरी पाटन सुन्धारा वडा नं ७ का ६१ वर्षीय राजकाजी महर्जनले आफूले कमाएको केही पैसा र अन्न यस पर्वमा दान गर्दा झन बढी श्रीवृद्धि हुने बताए । उनले आफ्नो परिवारमा सुख शान्तिको कामना गर्दै आजको यस सम्यक पर्वमा केही रकम अर्पण गरे ।

ललितपुर–१६ नागबहालमा बुधबारदेखि सो पर्व चलिरहेको छ । पाटनको हिरण्यवर्ण महाविहार क्वाबहालको आयोजनमा उक्त ‘इतिल्हने सम्यक महादान पर्व २०७६’ अघि बढेको हो ।

यस पर्वमा डङ्गोल र महर्जनका अतिरिक्त ठूलो मात्रामा दान लिने र दिने हजारौँ श्रद्धालु भक्तजनको भीड लागेको छ । सो पर्वमा विशेष गरी बौद्ध धर्मावलम्बीले आफ्ना परिवारको सुख र शान्त्तिको कामना गर्ने गरेका छन् ।

यो पर्वमा १२६ दीपङ्कर बुद्धको मूर्ति ठाउँठाउँमा राखेर दान दिने र लिने काम भइरहेको हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले बताए ।

उनले भने, “यो पर्वमा नेवार तथा बौद्ध परम्पराअनुसार शाक्य तथा बज्राचार्य भिक्षुहरु र पाटनमा रहेका १५ वटा बहालका साथै चोभार, बुङ्मती र कीर्तिपुरसमेतका तीन गरी १८ बहालको बुद्धका मूर्ति तथा देवदेवताहरु जस्तै दीपङ्कर बुद्ध, अवलोकितेश्वर, वसुन्धरादेवी र आर्यतारालाई एकै स्थानमा विराजमान गराई दान लिने र दिने काम ७०० वर्ष पहिलेदेखि नै शुरु गरिँदै आएको हो ।”

राजा भाष्करदेवका सन्तति ‘भरिभारो’ नामक व्यक्तिले आफ्नो दरिद्रता लुकाउन गाईको गोबर जम्मा गर्ने गरेका थिए । भरिभारोको धर्मप्रतिको आस्था र समर्पणले गर्दा सङ्कलित सबै गोबर एक दिन सुनमा परिणत भएको र त्यो सम्पतिको प्राप्तिपश्चात उनले यस सम्यक महादान पर्व आयोजना गरेका हुन् भन्ने कथन रहिआएको छ ।

महाविहारका २० रथवीर आजु र १० पारमिता आजु मिलेर सल्लाह गरी गरेका दानलाई सम्यक महादान भनिएको धाख्वाले बताए ।

यो पर्वमा मुलुकका विभिन्न स्थानबाट दान लिन भिक्षु पाटनमा आएका छन् । विसं १८६१ सम्म यो पर्व प्रत्येक वर्ष मनाउने गरिन्थ्यो भने १८६२ सालदेखि सम्यक गुठीको आयस्तर कम हुँदै गएपछि चार वर्षको आयस्तर जम्मा गरेर पाँच वर्षमा पर्व मनाउने निर्णय भएको बताइएको छ । विसं १८६२ देखि हरेक पाँच वर्षमा फागुन तृतीया र चतुर्थीका दिन यो पर्व मनाउने गरिएको छ ।

यो पर्वको पहिलो दिन पाटनका राजोपाध्यायबाट मध्यराति १ देखि २ बजेसम्म वेद पाठसमेत गर्ने गरिएको समितिका महासचिव राम शाक्ले बताए ।

पर्वमा विशेष गरी चामल, पैसा, धान, पाकेका रोटी, सखर, धूप, चकलेट आदि वस्तु लोभमुक्त तथा त्यागको भावना जगाएर र स्वच्छ मनले दान गरिन्छ । पर्वमा करिब ४० देखि ५० हजार भक्तजनले अवलोकन तथा दान गर्ने अनुमान गरिएको समितिले जनाएको छ ।

सम्यक दान पर्वलाई अघि बढाउन विभिन्न दाताबाट ९-१० लाख रुपैयाँ चन्दा सङ्कलन भएको छ । सो पर्व सञ्चालन गर्ने समितिमा हाल पाँच हजार बढी पुरुष सदस्य छन् । पर्वमा उठेको रकम र खाद्यान्न आदि सबै वस्तु भिक्षुले आआफ्ना घर लगी सेवन गर्ने चलन छ ।  पर्वमा उठेको यावत् सामग्री भिक्षुले समितिलाई दिनुपर्ने कुनै बाध्यता नरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : २६ बजे

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी– लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण

नेपाल फर्मा एक्स्पो फागुनमा हुने

काठमाडौं– नेपाल औषधि उत्पादक संघले दशौ संस्करणको नेपाल फर्मा एक्स्पो

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न