प्याराग्लाइडिङ च्याम्पियनशिपमा नेपाल दोस्रो « Khabarhub

प्याराग्लाइडिङ च्याम्पियनशिपमा नेपाल दोस्रो


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा जारी प्याराग्लाइडिङ वर्ल्ड कप ‘एशियन टुर’ तथा १९ औं संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।

फागुन ११ गतेदेखि शुरु भएको वर्ल्डकप छनौट प्रतियोगिताको बिहबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपाल दोस्रो स्थान प्राप्त गरेको हो ।

यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित बनेको थियो । टिम इभेन्टमा कोरियाले अग्रता बनाएको छ । कोरिया २० अङ्का साथ पहिलो स्थानमा रहँदा नेपाल १७ अङ्क सहित दोस्रो हासिल गरेको थियो ।

नेपालकै अर्को टोली ‘टिम एभरेष्ट’ १३ अङ्कका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिता निर्देशक विमल अधिकारीले जानकारी दिए ।

पुरुष एकलतर्फ कोरियाका चियोङ हा ७५० अङ्का साथ पहिलो, जङ्गमेन चोइ ७३४ अङ्क सहित द्वितीय तथा मुनसिउव लिम ७२६ अङ्क सहित तेस्रो स्थानमा रहेको बताइन्छ । नेपालका युकेश गुरुङ ७१९ अङ्कका साथ चौथो स्थानमा रहेका छन् ।

महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्क सहित प्रथम, कोरियाका याना ली १५६ सहित द्धितीय र स्विजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्क सहित तेस्रो र चौथो स्थानमा छन् ।

प्रतियोगिहरुले पोखराको सराङकोटबाट उडान भरेर विभिन्न स्थानमा पुगेर खपौँदीमा अवतरण गरेको थिए ।

प्रतियोगितामा २० देशका ९२ जना खेलाडीहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिहेका छन् । यस टुरबाट पाँच देखि आठ जना खेलाडी प्याराग्लाइडिङ वर्ल्डकप सुपर फाइनलका लागि छनोट हुनेछन् ।

यस वर्ष नेपाल सहित इन्डोनेसिया र चीनमा तय भएको एशियन टुरबाट छनोट भएका खेलाडीहरु ‘पोइन्ट’ र ‘र्‍याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : ३५ बजे

वीरगञ्जमा ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ

कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ- कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार चार जनाको

पाँच डिआइजी एआइजीमा बढुवा

काठमाडौँ- मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँच जना

प्रधानमन्त्री प्रचण्ड मंगलबार गोरखा जाने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन्

सेती प्रदेशिक अस्पतालले माग्य कर्मचारी

काठमाडौँ- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी