ब्रगविरुद्ध म्यानचेस्टरको ५ गोल « Khabarhub

ब्रगविरुद्ध म्यानचेस्टरको ५ गोल


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेल्जियन क्लब ब्रगमाथि सानदार जीत निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

बिहीबार राति राउन्ड अफ ३२ को दोस्रो लेगमा ५–० को सानदार जीत निकाल्दै युनाइटेड अन्तिम १६ मा पुग्न सफल भएको हो ।

युनाइटेडले समग्रमा ६–१ को जीत निकालेको हो । क्लब ब्रगको मैदानमा पहिलो लेग १–१ गोलको बराबरीमा टुंगिएको थियो । १० खेलाडीमा समेटिएको क्लब ब्रगमाथिको जीतमा फ्रेडले दुई तथाम ब्रुनो फर्नान्डेज, ओडिन इघालो र स्कट म्याक टोमिनेले गोल गरे ।

ओल्ड ट्राफोर्डमा खेलको २३औं मिनेटमा नै क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो । म्याक टोमिनेमाथि पेनालटी बक्समा गम्भीर ट्याकल गरेपछि सिमोन डेली सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिदा क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो ।

त्यसको फाइदा युनाइटेडले उठायो । त्यसमै प्राप्त पेनाल्टीमा ब्रुनोले २७औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

३४ औं मिनेटमा ओडिन इघालाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा म्याक टोनिले गोल गरेपछि युनाइटेडले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनायो। त्यसपछि फ्रेडले ८२औं र ९०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ५–० को सानदार जीत दिलाए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : १६ बजे

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित