किशोरी बन्धक बनाएर बलात्कार गर्ने घले हिरासतमा « Khabarhub

किशोरी बन्धक बनाएर बलात्कार गर्ने घले हिरासतमा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १७ वर्षीया किशोरी बलात्कारको आरोपमा अमृतकुमार घले प्रहरी हिरासतमा छन् ।

उनले एक किशोरीलाई अमेरिका लैजाने प्रलोभन देखाएर चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप छ ।

उनी अमेरिकाको ग्रीनकार्ड होल्डर हुन् । पत्नी र परिवार अमेरकामै छन् । उनले आफूलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार रहेको समेत बताउँदै आएका थिए ।

तर उनी राज्यमन्त्री मान्धरको सल्लाहकार नरहेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले पनि अमृत कुमार घले पक्राउ परे पनि उनी शहरी विकास राज्यमन्त्रीको आर्थिक सल्लाहकार नभएको बताएका छन् ।

मन्त्रालयबाट घलेसँग मन्त्रीको कुनै सम्बन्ध नरहेको र कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी आएको बोगटीले बताए ।

पक्राउ परेका घलेले १२ कक्षा पढ्ने १७ वर्षीय एक किशोरीलाई अपहरण गरेर चार दिनसम्म बन्धक बनाइ बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत माघ २७  बनेपाबाट काठमाडौं आउँदै गरेका उनले सडक छेउको बस स्टपमा उभिएकी एक जना किशोरीलाई लिफ्ट दिएर ललाई फकाइ गरेर अमेरिका लैजाने प्रलोभनमा चार दिनसम्ब बन्धक बनाएर बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।

छोरी हराएको विषयमा परिवारका सदस्यले प्रहरीमा उजुरी दिएपछि प्रहरीले खोजतलास गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार दिनभर अपरेशन चलाएर किशोरीलाई राखिएको ठाउँबाट उद्धार गरिएको हो ।

डीएसपी बोगटीले भने,‘शरीर बन्धक बनाएर बलात्कार गरेको मुद्धामा म्याद लिएर अमृतका बारेमा अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले उनको फ्ल्याटबाट ठूलो परिणाममा यौन शक्तिबर्धक औषधी भियग्रा र कण्डम लगायत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ४९ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी