बलात्कार आरोपमा हिरासतमा रहेका घले शहरी विकास राज्यमन्त्रीका सल्लाहकार होइनन् : प्रहरी « Khabarhub

बलात्कार आरोपमा हिरासतमा रहेका घले शहरी विकास राज्यमन्त्रीका सल्लाहकार होइनन् : प्रहरी


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अमृतकुमार घले शहरी विकास राज्यमन्त्रीका आर्थिक सल्लाहकार नभएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै विभिन्न सञ्चारमाध्यमा घले शहरी विकास राज्यमन्त्रीका आर्थिक सल्लाहकार भनि प्रकाशित समाचार परिसरबाट सम्प्रेषण नभएको स्पष्ट पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले प्रहरी हिरासतमा रहेका घले राज्यमन्त्री रामवीर मानन्धरको आर्थिक तथा कुनै पनि सल्लाहकार नभएको जानकारी मन्त्रालयबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

केही दिन यता एक किशोरीलाई अमेरिका लैजाने प्रलोभन देखाएर चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा घले प्रहरी हिरासतमा रहेका छन् ।

उनले प्रहरीसँगको बयानका क्रममा आफू केही दिन अघिसम्म सहरी विकास मन्त्री रामवीर मानन्धरको आर्थिक सल्लाहकार रहेको बताएका थिए ।

उनको वयानलाई आधार मान्दै केही अनलाइनमा सहरी विकास मन्त्रीका सल्लाहकार बलात्कार आरोपमा पक्राउ परेको समाचारहरु प्रकाशन भएका थिए ।

सहरी विकास राज्यमन्त्री मानन्धरले आफूलाई वदनाम गराउनका लागि भ्रामक समाचार संप्रेषण गरिएको भन्दै आपत्ति जनाएक छन् ।

‘बदानाम गराउने उदेश्यले समाचार प्रकाशन भएको छ, गलत सूचना दिने प्रहरी अधिकारीमाथि पनि छानबिन र भ्रमपूर्ण समाचार प्रकाश गर्नेमाथि कानूनी कारवाहीको माग गर्दछु’ मन्त्री मान्धरले भने ।

पक्राउ परेका घलेले १२ कक्षा पढ्ने १७ वर्षीय एक किशोरीलाई अपहरण गरेर चार दिनसम्म बन्धक बनाइ बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत माघ २७ बनेपाबाट काठमाडौं आउँदै गरेका उनले सडक छेउको बस स्टपमा उभिएकी किशोरीलाई लिफ्ट दिएर ललाई फकाइ गरेर अमेरिका लैजाने प्रलोभनमा चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ३९ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने