बलात्कार आरोपमा हिरासतमा रहेका घले शहरी विकास राज्यमन्त्रीका सल्लाहकार होइनन् : प्रहरी | Khabarhub Khabarhub

बलात्कार आरोपमा हिरासतमा रहेका घले शहरी विकास राज्यमन्त्रीका सल्लाहकार होइनन् : प्रहरी


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अमृतकुमार घले शहरी विकास राज्यमन्त्रीका आर्थिक सल्लाहकार नभएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै विभिन्न सञ्चारमाध्यमा घले शहरी विकास राज्यमन्त्रीका आर्थिक सल्लाहकार भनि प्रकाशित समाचार परिसरबाट सम्प्रेषण नभएको स्पष्ट पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले प्रहरी हिरासतमा रहेका घले राज्यमन्त्री रामवीर मानन्धरको आर्थिक तथा कुनै पनि सल्लाहकार नभएको जानकारी मन्त्रालयबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

केही दिन यता एक किशोरीलाई अमेरिका लैजाने प्रलोभन देखाएर चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा घले प्रहरी हिरासतमा रहेका छन् ।

उनले प्रहरीसँगको बयानका क्रममा आफू केही दिन अघिसम्म सहरी विकास मन्त्री रामवीर मानन्धरको आर्थिक सल्लाहकार रहेको बताएका थिए ।

उनको वयानलाई आधार मान्दै केही अनलाइनमा सहरी विकास मन्त्रीका सल्लाहकार बलात्कार आरोपमा पक्राउ परेको समाचारहरु प्रकाशन भएका थिए ।

सहरी विकास राज्यमन्त्री मानन्धरले आफूलाई वदनाम गराउनका लागि भ्रामक समाचार संप्रेषण गरिएको भन्दै आपत्ति जनाएक छन् ।

‘बदानाम गराउने उदेश्यले समाचार प्रकाशन भएको छ, गलत सूचना दिने प्रहरी अधिकारीमाथि पनि छानबिन र भ्रमपूर्ण समाचार प्रकाश गर्नेमाथि कानूनी कारवाहीको माग गर्दछु’ मन्त्री मान्धरले भने ।

पक्राउ परेका घलेले १२ कक्षा पढ्ने १७ वर्षीय एक किशोरीलाई अपहरण गरेर चार दिनसम्म बन्धक बनाइ बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत माघ २७ बनेपाबाट काठमाडौं आउँदै गरेका उनले सडक छेउको बस स्टपमा उभिएकी किशोरीलाई लिफ्ट दिएर ललाई फकाइ गरेर अमेरिका लैजाने प्रलोभनमा चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ३९ बजे

विवाहको ६ महिनामै महिलाको मृत्यु, माइतीले लगाए हत्याको आरोप 

रौतहट– रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एकजना

रोकिएन एनआरएनएको गाईजात्रा : केसी समूहको ‘कनक्लेभ’ भाँड्न सक्रिय भयो श्रेष्ठ समूह

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को गाईजात्रा जारी छ ।

१६ घण्टापछि खुल्यो बीपी राजमार्ग

काठमाडौं– अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग १६

‘अन्तर्राष्ट्रिय मञ्चहरूमा आइएससीसँग मिलेर काम गर्न नेपाल तयार’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले

बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं– कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा