प्रचण्ड निवास खुमलटारमा ओली बाहेक नेकपाका शीर्ष नेताको बैठक « Khabarhub

प्रचण्ड निवास खुमलटारमा ओली बाहेक नेकपाका शीर्ष नेताको बैठक


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निजी निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका शीर्ष नेताहरु अर्का अध्यक्ष प्रचण्डको निवासमा छलफलमा जुटेका हुन् ।

छलफलमा अध्यक्ष प्रचण्डका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलगायत सहभागी भएका जनाइएको छ ।

पार्टीमा पछिल्लो समय देखिएको समस्या त्यसको समाधानका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

पछिल्लो समय बुधबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले चुनौती दिएपछि नेकपामा आन्तरिक विवाद चुलिएको छ ।

विवादका बीच बिहीबार राजधानीमा आयोजित बाग्मती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा भने नेताहरुले पार्टी भित्र समस्या देखिए पनि छिट्टै समाधान हुने जनाएका थिए ।

शुक्रबार बिहान करिब ८ बजेदेखि प्रचण्ड निवास खुमलटारमा शुरु भएको छलफल पनि पछिल्लो समस्या समाधानमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘पछिल्लो समय प्रधानमन्त्रीज्युले पार्टी निर्णय नमान्ने भनेर चुनौती दिएको विषय सार्वजनिक भएको छ । तर, विवाद त्यहि हदसम्मको त हैन । यद्यपि प्रधानमन्त्रीज्युसँग भेट गर्नुभन्दा अगाडि पार्टीले गरेको निर्णयका विषयमा पुनः केही वीमर्श गर्ने भनेर नेताज्युहरु अध्यक्ष (प्रचण्ड)कहाँ भेला हुनुभएको हो ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ५९ बजे

परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता,

कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि  बजार सुनिश्चितता खोजिँदै

काठमाडौँ– नेपालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा

उपत्यकामा एकैदिन ६०८ सवारीचालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक

‘सातौँ सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङ– सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा