काष्ठमण्डप पुनर्निर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने « Khabarhub

काष्ठमण्डप पुनर्निर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काष्ठमण्डप पुनर्निर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ ।

अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । समितिका अध्यक्ष राजेश शाक्यलले यसअघि ल्याइएको काठले काम भइरहेको जानकारी दिए ।

आठ हजार क्युफिट काठ धनगढीबाट गत पुस १५ सम्ममा ल्याइने भनिएतापनि हालसम्म ल्याउन नसकिएको जनाइएको छ । छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्दछ । फागुनभित्र पनि काठ ल्याउन नसके पुनःनिर्माणको काम रोकिने बताइएको छ ।

निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोका बुट्टा कुद्ने काम भइरहेको उनले भने । हालसम्म ५६ प्रतिशत काम सम्पन्न भएको छ । “अहिले मुख्य चार थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ”, अध्यक्ष शाक्यले भने । दैनिक ३० कामदारले नियमित काम गरिरहेका छन् ।

ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवतरूपमा सो सम्पदाको पुनःनिर्माण शुरु गरिएको हो ।

तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ ।

उक्त सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ११ : ३३ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र