श्रुति परम्परा कायम राख्न वेद कण्ठस्थीकरण प्रतियोगिता « Khabarhub

श्रुति परम्परा कायम राख्न वेद कण्ठस्थीकरण प्रतियोगिता


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्राचीनकालदेखि अक्षुण्ण रहँदै आएको श्रुति परम्परालाई कायम राख्न कान्तिभैरव गुरुकूलले राष्ट्रिय गुरुकूलस्तरीय वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आधुनिक शिक्षा प्रारम्भ भएसँगै वेद अध्ययन/अध्यापनमा कमै मानिसको रुचि हुन थालेको छ । कमैले वेद पढ्न थालेसँगै श्रुति परम्परासमेत सङ्कटमा परेको छ । श्रुति परम्परा भावीपुस्ताले नबिर्सियुन् भन्ने उद्देश्यले देशव्यापी वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गरिएको गुरुकूलका आचार्य श्रीराम अधिकारीले जानकारी दिए ।

प्राचीनकालमा ध्यान साधनाका माध्यमबाट वेदका मन्त्र देखेका ऋषिमुनिले श्रुति परम्पराका माध्यमले एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्थे । मानिसको स्मरण शक्ति कमजोर हुन थालेपछि वेद लिपिबद्ध गरिएको विश्वास गरिन्छ । लिपिबद्ध गर्नुअघि प्रयोगमा नआएकाले वेदका कतिपय शाखा लोप भए । अब फेरि यसरी वेदका मन्त्र लोप नहोऊन्, पढ्ने र सुनाउनेक्रम चलिरहोस् भन्ने उद्देश्यले प्रतियोतिा आयोजना गरिएको गुरुकूलका अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले बताए ।

फागुन २१ गते कान्तिभैरव गुरुकूल उत्तरबाहिनी गोकर्णमा हुने प्रतियोगितामा १० गुरुकूलले भाग लिनेछन् । प्रतियोगितामा इलाम, झापा, मोरङ, चितवन, तनहुँ, काठमाडौँलगायत जिल्लाका गुरुकूलले भाग लिनेछन् । एउटा गुरुकूलको समूहमा तीन जना विद्यार्थी हुनेछन् । कार्यक्रममा वेद कण्ठस्थीकरण सुन्न चाहनेका लागिसमेत सहभागिताको व्यस्था गरिएको उनले बताए ।

नेपालका पहिलो वेदाचार्य प्रा सोमनाथ पौडेलको प्रथम शतवार्षिकी समापनका अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । पौडेल वेद विषयको पहिलो प्राध्यापकसमेत हुन । उनले नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा वेद अध्यापन गराएका थिए ।

प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई फागुन २२ गते गुरुकूलको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नेछन् । सो अवसरमा प्रा पौडेलका स्मृतिमा प्रकाशन हुने स्मारिका समेत विमोचन गरिने जनाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ५ : २० बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका