श्रुति परम्परा कायम राख्न वेद कण्ठस्थीकरण प्रतियोगिता « Khabarhub

श्रुति परम्परा कायम राख्न वेद कण्ठस्थीकरण प्रतियोगिता


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्राचीनकालदेखि अक्षुण्ण रहँदै आएको श्रुति परम्परालाई कायम राख्न कान्तिभैरव गुरुकूलले राष्ट्रिय गुरुकूलस्तरीय वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आधुनिक शिक्षा प्रारम्भ भएसँगै वेद अध्ययन/अध्यापनमा कमै मानिसको रुचि हुन थालेको छ । कमैले वेद पढ्न थालेसँगै श्रुति परम्परासमेत सङ्कटमा परेको छ । श्रुति परम्परा भावीपुस्ताले नबिर्सियुन् भन्ने उद्देश्यले देशव्यापी वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गरिएको गुरुकूलका आचार्य श्रीराम अधिकारीले जानकारी दिए ।

प्राचीनकालमा ध्यान साधनाका माध्यमबाट वेदका मन्त्र देखेका ऋषिमुनिले श्रुति परम्पराका माध्यमले एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्थे । मानिसको स्मरण शक्ति कमजोर हुन थालेपछि वेद लिपिबद्ध गरिएको विश्वास गरिन्छ । लिपिबद्ध गर्नुअघि प्रयोगमा नआएकाले वेदका कतिपय शाखा लोप भए । अब फेरि यसरी वेदका मन्त्र लोप नहोऊन्, पढ्ने र सुनाउनेक्रम चलिरहोस् भन्ने उद्देश्यले प्रतियोतिा आयोजना गरिएको गुरुकूलका अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले बताए ।

फागुन २१ गते कान्तिभैरव गुरुकूल उत्तरबाहिनी गोकर्णमा हुने प्रतियोगितामा १० गुरुकूलले भाग लिनेछन् । प्रतियोगितामा इलाम, झापा, मोरङ, चितवन, तनहुँ, काठमाडौँलगायत जिल्लाका गुरुकूलले भाग लिनेछन् । एउटा गुरुकूलको समूहमा तीन जना विद्यार्थी हुनेछन् । कार्यक्रममा वेद कण्ठस्थीकरण सुन्न चाहनेका लागिसमेत सहभागिताको व्यस्था गरिएको उनले बताए ।

नेपालका पहिलो वेदाचार्य प्रा सोमनाथ पौडेलको प्रथम शतवार्षिकी समापनका अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । पौडेल वेद विषयको पहिलो प्राध्यापकसमेत हुन । उनले नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा वेद अध्यापन गराएका थिए ।

प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई फागुन २२ गते गुरुकूलको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नेछन् । सो अवसरमा प्रा पौडेलका स्मृतिमा प्रकाशन हुने स्मारिका समेत विमोचन गरिने जनाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ५ : २० बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक