मोडल खुस्बु ओलीलाई २ वर्ष कैद फैसला « Khabarhub

मोडल खुस्बु ओलीलाई २ वर्ष कैद फैसला


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैदको फैसला सुनाएको छ। लेनदेन विवादमा रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैद फैसला सुनाएको हो।

सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवालले ओलीविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो।

मोडल ओलीले २ वर्षअघि घरजग्गा किन्नका लागि ३६ लाख मागेपछि उनले सापटी स्वरुप रकम दिएका थिए । कटुवालले रकम फिर्ता माग्दा ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएपनि खातामा पैसा थिएन ।

पटक–पटक फोन पैसा जम्मा गर्नभन्दा पनि ओलीले रकम जम्मा गरेकी थिइनन् । तेस्रो पटक समेत चेक साँट्न जाँदा पैसा नभएपछि कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेका थिए।

सोही मुद्दामाथि अदालतले ३ महिना कैदको फैसला सुनाएको थियो। फैसला अनुसार ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने अदालतको ठहर थियो।

तर अदातलको उक्त फैसला कार्यान्वयन नभएपछि उनले पुनः  जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : १५ बजे

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम