नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा : डब्लुएचओ « Khabarhub

नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा : डब्लुएचओ


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएको छ ।

विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको कोरोना भाइरस नेपाल छिर्यो भने भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले  नेपाललाई अति उच्च जोखिमको सूचीमा राखेको जनाएको हो ।

डब्लुएचओले नेपाल लगायत दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

कोरोना भाइरस (कोभिड- १९)  संक्रमण हुनसक्ने अति उच्च जोखिमको सूचीमा केही अफ्रिकी देशहरुलाई पनि राखिएको छ ।

यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । नेपालमा अहिलेसम्म शुरुमा एक जना बाहेक कसैलाई संक्रमण देखिएको छैन् ।

नेपालले चीनबाट १ सय ७५ जनालाई उद्धार गरी भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखेको छ । उनीहरुको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण नदेखिए पनि अझै केहीदिन क्वारेन्टाइनमै राखेर मात्रै घर जान दिइने छ ।

चीनबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ ।

चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ८ सय  पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजार ८ सय ५३ जन संक्रमित भएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ०१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी