सेनाले बनायो ७ हजार २ सय बस्ने क्वारेन्टाइन र २ हजारबढीको आइसोलेशन बेड « Khabarhub

सेनाले बनायो ७ हजार २ सय बस्ने क्वारेन्टाइन र २ हजारबढीको आइसोलेशन बेड


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले कोरोनाको महामारी विरुद्ध लड्न क्वारेन्टाइन कक्ष र आइसोलेसन बेड तयार पारेको छ । अहिलेसम्म देशका विभिन्न स्थानमा ७ हजार २ सय ३४ जना बस्ने मिल्ने क्‍वारेन्टाइन निर्माण गरेको नेपाली सेनाले जनाएको छ । त्यस्तै २ हजार ९४ आइसोलेशन बेड तयार पारिसकेको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार देशका सातै प्रदेशमा क्‍वारेन्टाइन निर्माण गरिएको छ। उनले भने, ‘अहिले सातै प्रदेशका क्‍वारेन्टाइनमा एक हजार १० जना बसिरहेका छन्।’

क्‍वारेन्टाइनमा रहेकाको हेरचाह गर्न नेपाली सेनाले १ सय ९६ जनाको चिकित्सक टोली खटाएको छ ।

सेनाले विभिन्न युनिटहरूमा कार्यरत सकलदर्जालाई सहभागी गराई कोरोना भाइरसको जोखिम घटाउने र नियन्त्रण कसरी गर्ने भन्नेबारे दुईदिने तालिम दिइसकेको छ।

सेनाले साधारण बेड १ हजार ९ सय २ र आइसियु बेड १ सय ९२ गरी कूल २ हजार ९४ वटा आइसोलेशन बेड तयार पारेको छ। अहिले ४६ वटा आइसोलेसन बेड प्रयोग भइरहेको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए। आइसोलेसन बेडमा रहेका शंकास्पद कोरोना भाइरसका बिरामीको हेरचाहमा १ सय ९० जनाको चिकित्सक टोली खटिइरहेको उनले जनाए।

सेनाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने १७ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री खरीद प्रक्रिया पनि अघि बढाएको छ।

मेडिकल सामग्री खरिद गर्न सरकारले सेनालाई १० करोड रुपैयाँ उपलब्ध गरेको छ। भने, आफ्नो बजेटबाट ७ करोड रुपैयाँ सेनाले खर्च गर्दैछ। एन-९५ मास्क, पर्सनल प्रोटेक्शन इक्युपमेन्ट (पीपीई) लगायतका मेडिकल सामागी सेनाले खरिद गर्दैछ।

सेनाले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको लागि आफ्नै संगठनभित्र ६ हजार दक्ष जनशक्ति तयार पारेको छ। भविश्यमा कोरोनाको कारण ठूलो विपदको सामना गर्नुपरे भूतपूर्व सैनिकहरूलाई पनि कोरोना नियन्त्रण तथा रोकथाममा सहभागी गराउने योजना सेनाले बनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : ३८ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट