अमेरिकाले निर्माण गर्‍यो ५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि « Khabarhub

अमेरिकाले निर्माण गर्‍यो ५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरिका – विश्वव्यापी महामारीका रुपमा फैलिकए कोरोनाका कारण विश्व समुदाय नै त्रसित छ ।

संक्रमित भएका विरामीको परीक्षणमा ढिलाइ हुँदा उसले धेरै मानिसलाई सार्ने जोखिम बढीरहेका बेला अमेरिकाले पाँच मिनेटमै कोरोनाको परीक्षण गर्ने प्रविधि निर्माण गरेको छ ।

अब अमेरिकाको इलिनोयमा मुख्यालय रहेको एउटा ल्याब कम्पनीले ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने प्रविधि विकाश गरेको हो । यो प्रविधिलाई शुक्रबार स्वीकृति प्रदान गरिएको छ ।

एबोट नामको ल्याबले ५ मिनेटभित्र कोरोना पत्ता लगाउन सक्ने प्रविधिलाई स्वीकृतिप्राप्त भएको जनाएको छ । उक्त कम्पनीले आगामी सातादेखि स्वास्थ्य सेवा प्रदायकका लागि यो सेवा उपलब्ध गराउने जनाएको छ ।

इलिनोयको लेक बल्फको कम्पनी एबोटले हरेक दिन ५० हजारको टेस्ट गर्नसक्नेगरी उत्पादन गर्ने जनाएको छ । एफडीएले यो प्रविधिलाई आपतकालिन रुपमा स्वीकृति प्रदान गरिएको हो ।

अमेरिकामा हालसम्म १ लाख ४ हजार भन्दा बढी संक्रमित भएका छन् भने १७ सय बढीले ज्यान गुमाइसकेका छन् । २५ सय बढी उपचारपछि निको भएका छन् भने २५ सय बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । झण्डै एक लाखको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १० : २७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका