कोरोनाभाइरसको नयाँ इपिसेन्टर बन्दै न्यूयोर्क, २६ हजार ६ सय बढी संक्रमित « Khabarhub

कोरोनाभाइरसको नयाँ इपिसेन्टर बन्दै न्यूयोर्क, २६ हजार ६ सय बढी संक्रमित


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण यूरोपियन मुलुक हुँदै अहिले अमेरिका आक्रान्त बन्दै गएको छ । अमेरिकाको पनि न्यूयोर्क शहर नयाँ इपिसेन्टरका रुपमा देखा परेको छ ।

अमेरिकाको न्यूयोर्क सिटीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २६ हजार ६ सय ९७ पुगेको छ । न्यूयोर्क सिटीभित्रमात्र ५ हजार २५० जना अस्पतालमा भर्ना गरिएका छन् भने १ हजार १ सय ७५ जनालाई आईसीयूमा राखेर उपचार थालिएको जनाइएको छ ।

शनिबारसम्मको विवरण अनुशार न्यूयोर्क सिटीभित्र सबैभन्दा धेरै संक्रमित छन् । न्यूयोर्कको क्वीन्समा संक्रमितको संख्या ८ हजार ५ सय २९ रहेको छ । न्युयोर्कको क्वीन्समा नेपालीहरुको बाक्लो बसोबास समेत रहेको छ ।

न्यूयोर्कको ब्रुकलिनमा ७ हजार ९१ मा संक्रमण पुष्टि भएको छ भने ब्रोंक्समा ४ हजार ८ सय ८० मा संक्रमण पुष्टि भएको छ । म्यानहटनमा ४ हजार ६ सय २७ जनामा संक्रमण पुष्टि भएको छ भने स्टेटन आइल्याण्ड १५ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

न्युयोर्कसिटीमा अहिलेसम्म ४५० जनाको मृत्यु भएको छ ।  अमेरिकामा हालसम्म १ लाख ४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

कोरोनाभाइरसको संक्रमणका कारण १७ सय बढीले ज्यान गुमाइसकेका छन् । २५ सय बढी उपचारपछि निको भएका छन् भने २५ सय बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । झण्डै एक लाखको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १० : ४५ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ