कोरोना भाइरसविरुद्धको लडाईंमा फिफा र डब्लूएचओको ऐक्यवद्धता « Khabarhub

कोरोना भाइरसविरुद्धको लडाईंमा फिफा र डब्लूएचओको ऐक्यवद्धता


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंका लागि विश्व फुटबल महासंघ (फिफा) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले साझा अभियान अघि सारेका छन् ।

उनीहरुले जेनेभास्थित डब्लूएचओको मुख्यालयबाट कोरोनाको संक्रमणबाट जोगिन र रोकथामका लागि ‘कोरोना भाइरस किक आउट टु मेसेज’ नामक अभियान शुरु गरेका हुन् ।

उनीहरुले संसारभर फैलिएको कोरोनाबाट मुक्त रहन सन्देश प्रवाह गर्नेछन् । यस अभियानले डब्लूएचओको निर्देशन अनुरूप कोरोनाको संक्रमणबाट मुक्त रहन मुख्य पाँचवटा कदम चाल्न सामाजिक सन्देश प्रवाह गरेको छ।

जसमा मानिसले आफ्नो स्वास्थ्यको रक्षा गर्न साबुनपानीले हात धुने, अर्को व्यक्तिसँग हात नमिलाउने, अनुहारमा नछुने, अरू व्यक्तिसँग शारीरिक दूरी बढाउने र अस्वस्थ महसुस भएमा क्वारेन्टाइन बस्न प्रोत्साहन गर्ने लगायतका विषय समेटिएका छन् ।

यस अभियानलाई संसारभर फैलाउन सन्देशमूलक भिडियोसमेत बनाइएको छ। जहाँ विभिन्न देशका चर्चित २८ जना फुटबल खेलाडीलाई प्रयोग गरिएको छ। उक्त सन्देश विभिन्न १२ भाषामा समेत तयार पारिएको छ।

फिफाले कोरोना भाइरसविरुद्ध लड्न गत साता डब्लूएचओलाई आर्थिक सहयोगको घोषणा समेत गरेको थियो।

फिफा अध्यक्ष इन्फान्टिनोले डब्लूएचओलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए ।

कोरोना भाइरसको जोखिमका कारण अहिले विश्वभर सबै फुटबल गतिविधिहरू ठप्प छन्।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : १९ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण