कोरोना भाइरसविरुद्ध लड्न पूर्व डीआईजी खरेलले दिए सरकारलाई यस्ता सुझाव « Khabarhub

कोरोना भाइरसविरुद्ध लड्न पूर्व डीआईजी खरेलले दिए सरकारलाई यस्ता सुझाव


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेलले कोरोना भाइरविरुद्ध लड्न सरकारलाई सुझाव दिएका छन् । उनले सरकारलाई विभिन्न ६ वटा सुझाव दिएका छन् ।

हाम्रो नेपाल सुशासन अभियानका प्रमुख समेत रहेका पूर्व डीआइजी खरेलले कोरोना भाइरस संक्रमणबाट जोगिन विदेशबाट फर्किएका र गाउँमा रहेकाहरुमाथि सरकारले विशष ख्याल गर्न सुझाव दिएका छन् ।

त्यस्तै लकडाउनका कारण दैनिक ज्याला गरि खाने र गरीब समस्यामा परेको भन्दै सरकारले विशेष प्याकेज ल्याउनु पर्ने उनले बताए ।

यस्तो छ उनको सुझाव

१. यो अन्य प्राकृतिक विपदभन्दा विल्कुलै फरक भएका कारण हामीले चाहेर पनि प्रत्यक्ष रूपमा अघि सरेर योगदान गर्न नसकिने अवस्था भएकाले जिम्मेवार र तुलनात्मक रूपमा सुरक्षित भई कार्य गर्ने क्षेत्रबाट देखाउने क्रियाशीलताको ठूलो भूमिका रहेको छ । यो भनेको राज्य संयन्त्रको अगुवाई र भूमिका नै हो। जिम्मेवार पदमा आसिनहरूले यो संकटको घडीमा खेल्ने भूमिका र देखाउने योग्यता महत्त्वपूर्ण हुन्छ।

२. यो संकटपूर्ण घडीमा संक्रमित व्यक्तिको पहिचान र द्रुत आइसोलेसन तथा उपचार, सामाजिक दुरी पालना र लकडाउनमा सबैको ध्यान जानु आवश्यक छ।

३. अप्रत्यासित रूपमा आएको यो संकटले विपन्न र गरीब वर्गलाई बढी पीडा दिएको हुँदा रोजगार विहीन अवस्थामा जीवन यापनका लागि सरकारले तुरुन्त आर्थिक राहत उपलब्ध गराउन जरुरी भएको छ। सर्वसाधारणलाई अत्यावश्यक खाद्यलगायत वस्तुहररूको आपूर्तिका लागि भरपर्दो र सुरक्षित उपाय अवलम्बन गरिनुपर्ने आवश्यकता देखिएको छ।

४. यो संकटको घडीमा अहोरात्र खटिएका डाक्टर, नर्स, प्यारामेडिकल, सुरक्षाकर्मीलगायत राष्ट्रसेवकहरूलाई उनीहरूको जीवनरक्षा गर्न र कार्यको मूल्यांकन गर्दै उत्प्रेरणा जगाउन राष्ट्रले यथेष्ट ध्यान पुर्‍याइ साधनस्रोत सम्पन्न बनाउन अपरिहार्य विषय छ।

५. लकडाउन परिचालनका लागि शहर–बजारमा ध्यान केन्द्रित भएको अवस्थामा देश बाहिर (रोजगारीबाट) आएका र सहरबाट गाउँतर्फ गएका व्यक्तिहरूबाट अवस्थाकाको पालना भए/नभएको बारे सम्बन्धित निकायले ध्यान पुर्याइ यो कुराको महत्त्व दिई सामाजिक चेतना जगाउन यथेष्ट ध्यान पुराइयोस्।

६. यो संकटपूर्ण बेला सबैले नैतिकता, इमानदारिता र पारदर्शिता कायम गरी सुशासनको प्रत्याभूति गर्नु परम कर्तव्य हुन आउँछ। कालोबजारी, मिसावट, लुकाउने, होर्डिङ गर्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति महापाप हो र यसलाई सबैले बुझ्नू र मनन गर्नु परम कर्तव्यको विषयसमेत हो। यो महामारीबाट हामी सबै चाँडै मुक्त हुन सकौं।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १२ : १२ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६