चीनले दिएको कोरोना परीक्षण किट्स आइतबार नेपाल आइपुग्ने | Khabarhub Khabarhub

चीनले दिएको कोरोना परीक्षण किट्स आइतबार नेपाल आइपुग्ने


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन सरकारले दिएको कोरोना परीक्षण किट्स आइतबार नेपाल आइपुग्ने भएको छ ।

शनिबारसम्म ल्याउने योजना भए पनि बेइजिङबाट हिंड्न ढिला भएका कारण कोरोना परीक्षण किट्न आइतबार नेपाल आइपुग्ने भएको हो ।

‘आइतबार बिहान तातोपानी आइपुग्छ। साँझमा काठमाडौं आइपुग्छ,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘चिनियाँ नाकाबाट यो सामानभन्दा अघि अरु कुनै सामान आउने सम्भावना छैन’

नाकामा कोरोना परीक्षण तथा त्यससँग अन्तरसम्बन्धित सबै काम स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले गर्नेछन्।

हालसम्म नेपालमा ८ सय जनामा कोरोना परीक्षण भइसकेको छ।

नेपालमा कोरोना फैलनुपूर्व नै करिब २ हजार जनालाई पुग्ने किट थियो। अब करिब १२ सय जनालाई परीक्षण गर्न पुग्ने किट छ। कोरोना संक्रमण नेपालमा पनि फैलिन थालेपछि चीनबाट थप नयाी किट ल्याउन लागिएको हो।

किट्स उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले करिब ३६ लाख नेपाली रुपैयाँ बराबरका उक्त सामग्री बुधबार बेइजिङस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ०९ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन