कोरोना भाइरस : हेटौँडामा पूजापाठ बन्द « Khabarhub

कोरोना भाइरस : हेटौँडामा पूजापाठ बन्द


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– कोरोना भाइरसको नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका कारण वाग्मती प्रदेशकोराजधानी हेटौँडामा महत्वपूर्ण धार्मिकस्थलमा पूजापाठ बन्द गरिएको छ।

हेटौडा ४ स्थित पशुपतिनाथ मन्दिर तथा भुटनीदेवी मन्दिरलगायत अन्य महत्वपूर्ण मन्दिरमा तालाबन्दी गरी पूजापाठ बन्द भएको छ ।

तीमन्दिरको मुख्यद्वारमा सूचना टाँसेर पूजापाठ बन्द भएको जनाइएको छ । आज मन्दिरमा पूजापाठका लागि पुगेका दर्शनार्थी फर्किएको बताइएको छ ।

पूजापाठका लागि आउने भक्तजनको भीडभाड बढी हुने भएकाले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न मन्दिरको पूजापाठअनिश्चितकालका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पत्रपत्रिका बन्द

हेटौँडाबाट प्रकाशित हुने आधा दर्जन स्थानीय पत्रपत्रिका पनि बन्द भएका छन् ।

लक डाउनको आज पाँचौँ दिन पनि हेटौँडाका मुख्यबजार र गल्ली सुनसान छन् ।

दूध, फलफूल, तरकारी तथा फोहर बोकेका गाडीमात्र चलेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लकडाउनको अवज्ञा गर्ने विगत पाँच दिनमा २०० बढी सवारी साधनलाई कारवाहीगरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ०७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल