घरमा बसेका क्रिकेटरलाई फिट रहन फिजियोले दिए यस्ता टिप्स « Khabarhub

घरमा बसेका क्रिकेटरलाई फिट रहन फिजियोले दिए यस्ता टिप्स


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) अहिलेसम्म विश्वका झण्डै २ सय देशलाई प्रभावित पारेको छ ।

नेपाल पनि यसबाट अछुतो रहेको छैन । अहिलेसम्म नेपालमा ४ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । जसमा ३ जना उपचारत छन् भने एक जनालाई निको भइ घर फर्किसकेको छन् ।

कोरोना भाइरसको संक्रमण थप नफैलियोस् भन्नका लागि लकडाउन गर्ने निर्णय नेपाल सरकारले गरेको छ ।

अत्यावश्क सेवाबाहेक सबै बन्द रहेका छन् । मानिसहरु घर भित्रै बसेका छन् । उद्योगी, व्यापारी, शिक्षक विद्यार्थी, जागिरे देखि खेलाडी सम्म घरभित्रै रहेका छन् ।

सधै मैदान र अभ्यास स्थलमा भेटिने खेलाडीहरु कसरी फिट रहने भन्ने विषयमा हामीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका फिजियोथेरापिष्ट विक्रम न्यौपानेसँग कुराकानी गरेका छौं ।

न्यौपानेले राष्ट्रिय टोलीका सबै खेलाडीहरुलाई घरमा बस्दा के कस्तो गर्ने भन्ने गाइडलाइन्स दिइसकेको बताएका छन् । यस्तै, उनले खेलाडीहरुले यस्तो समयमा जसरी भएपनि आफ्नो फिटनेसमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

यसरी रहन सकिन्छ ‘फिट’

–खेलाडीहरुले हरेक दिन गर्ने के के गर्ने भन्ने तालिका बनाएर काम गर्नु पर्छ ।

–आफुलाई जसरी हुन्छ एक्टीभ राख्ने ।

–दिनमा कम्तीमा पनि १ देखि डेढ घण्टासम्म अभ्यास गर्ने ।

–घरमा सानो क्षेत्रमा भएपनि दौडिने ।

–भित्रै बसेर एक्ससाइजहरु गर्ने ।

–भिटामिनको कमी भएका खेलाडीहरुले हरेक दिन बिहानको समयमा  घाममा बस्ने ।

–एक्ससाइज गर्ने । त्यो भिडियोहरु साथिहरुलाई देखाउने ।
साथिहरुबीच अनुभव सेयर गर्ने।

–किताबहरु पढ्ने । आफुलाई मन परेको नोबेल, मोटिभेस्नल फिल्म गितहरु सुन्ने ।

के खाने के नखाने ?

–चिल्लो खानेकुरा कम खाने ।

–नियमित डाइट गर्ने ।

–दिनमा एक गिलास दुध खाने ।

–विषेशगरि बिहानको नास्तामा चिल्लो कम खाने ।

–फलफूल खाने । दिनमा कम्तीमा १,२ वटा केरा खाने ।

–बिहानको नास्तामा कहिलेकेही फरक फरक दिनमा फरक फरक खाद्यान्न पर्ने गरी मकै, कोदो, फापर, सातुहरुहरु खाने ।
–पानी प्रयाप्त पीउने ।

–पानी पनि मनतातोमात्रै पीउने ।

–घरमा ग्रिन टि छ भने बिहान र बेलुकी एक–एक कप पीउने ।

गर्न नहुने काम

–जे पायो त्यहिँ नखाने ।
–साथिभाईसँग भेटघाट नगर्ने ।
–अनावश्यक सामाजिक सञ्जालमा समय नविताउने ।
–अनावश्यक पोष्टहरु सेयर नगर्ने ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ३ : २२ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका