भक्तपुरमा दैनिक पाँच घण्टा बजार खुल्यो, लकडाउनको व्यापक उलङ्घन | Khabarhub Khabarhub

भक्तपुरमा दैनिक पाँच घण्टा बजार खुल्यो, लकडाउनको व्यापक उलङ्घन


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिका क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको व्यापक उलङ्घन भएको छ । विशेषगरी बिहान र अपराह्नदेखि बजार क्षेत्रमा मानिसको बाक्लो भीड लाग्ने गरेको छ ।

नगरपालिकाले खाद्यान्न, तरकारी एवम् अत्यावश्यक सामान खरिदका लागि नगर क्षेत्रभित्र हरेकदिन बिहान ५ः०० देखि ८ः०० र साँझ ५ः०० देखि ७ः०० बजेसम्म समय निर्धारण गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

नगरपालिकाले टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा बजार व्यबस्थापन गरेको छ ।

भाइरस सङ्क्रमण नहोस् भनेर नगरपालिकाले बाहिर निस्कँदा तोकिएको स्थानमा अर्को व्यक्तिसँग एक मिटरको दुरी कायम गरी सामान खरिद गर्न आह्वान गरेको र नगरपालिकाले एक मिटरको दुरी कायम गर्नेगरि चूनले पसल र मानिस उभिने ठाउँको रेखाङ्कन गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले यस्तो व्यवस्था गरेपनि स्थानीय बासिन्दाले भने त्यसको अटेर गर्दै बजारमा भीड गर्ने गरेका छन् । कमलविनायकका बासिन्दा विकल श्रेष्ठले बिहानैदेखि कमलविनायकको गणेश मन्दिरमा घुम्न आउनेले दर्शन गर्ने घण्टा बजाउने गरेको बताउदै सङ्क्रमित व्यक्तिले घण्टा बजाए धेरैमा सङ्क्रमण फैलिने बताए ।

कमलपोखरीमा बिहानैदेखि मर्निङवाक गर्न आउने उत्तिकै बाक्लो हुने गरेको उनले जानकारी दिए । भक्तपुरको बजार क्षेत्रमा पनि बिहान र बेलुका हिड्ने बाक्लै हुने गरेको स्थानीयको भनाइ छ । नगरपालिकाले भने आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न र घरबाट बाहिर ननिस्कन माइकिङ्ग गरेको र नगरपालिका क्षेत्रका बाराहीस्थान, गःपली, इचाडोल, डोक्छें, तालाक्व, बुलुचा, खौमा, इताछें, मिवाछें, कमलबिनायक आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र, व्यासीदेखि कमलबिनायकसम्मको मूल सडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडकलगायतका क्षेत्रमा कीटनाशक ‘स्प्रे’ छरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : १९ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी