साल्ट ट्रेडिङ भन्छ : खाद्यान्न अभाव छैन, आत्तिनु पर्दैन « Khabarhub

साल्ट ट्रेडिङ भन्छ : खाद्यान्न अभाव छैन, आत्तिनु पर्दैन


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम कम गराउन सरकारले देशव्यापी रूपमा लकडाउन गरेको पाँचौं दिन कटिसकेको छ । बजारमा खाद्यन्नका सामग्री बेच्ने पसलहरू फाटफुट खुलेका छन् ।

सरकारले अत्यावश्यक वस्तु बिक्रिवितरण गर्न रोक लगाएको छैन, तैपनि खाद्यन्न र तरकारी लगायतका वस्तु बेच्ने धेरै पसल बन्द छन् ।

व्यापारीहरूमा कोरोना भाइरस संक्रमणको त्रासका कारण पसलहरू खुलेका छैनन् । काठमाडौंका मुख्य र भित्री सडकका अधिकांश पसल बन्द छन् । गौशाला, चावहिल, बौद्ध र जोरपाटी लगायतका क्षेत्रमा कतै कतै आधा सटर खोलेर पनि बिनबेच भएको देखिएको छ ।

सरकारले अत्यावश्यक वस्तुका पसल खुला राख्नू भनेको छ, किन यसरी सटर आधामात्र खोलेको भन्ने प्रश्नमा जोरपाटीस्थित एउटा किराना पसलका व्यापारी भोजराज विश्वकर्मले भने, ‘प्रहरी आएर कराउँछन्, बन्द गर्नुस् भन्छन् ।’

लक डाउनको पहिलो दिन मंगलबार भने भोजराजले ढुक्कले व्यापार गरेका थिए । ‘पहिलो दिन कसैले कराएन तर भोलिपल्टदेखि प्रहरीहरू आइरहन्छन्,’ उनले खबरहबसँग भने, ‘यता ग्राहकहरु फोन गरिरहन्छन् सामान नबेची हुँदैन ।’

त्यसो त कोरोना संक्रमणको त्रास भोजराजलाई नभएको होइन । चिनजानका ग्राहक धेरै भएकाले सामान नदिई नहुने उनले बताए ।

कतिपय व्यापारी भने साँझ र बिहनमात्र खाद्यवस्तु बेचिरहेको बताउँछन् ।

बिक्रीवितरण भइरहेको छ : व्यापार संघ

खाद्यन्न सामग्रीको कमी नरहेको र खरिदका लागि उपभोक्ताहरू आइरहेको खुद्रा व्यापार संघले जनाएको छ ।

अभाव हुने पो हो कि भन्ने त्रासमा मानिसहरूले खाद्यान्न खरिद गरिरहेको संघका अध्यक्ष राजकुमार श्रेष्ठको भनाइ छ ।

‘घर र पसल फरक स्थानमा भएका केही व्यापारीहरूलाई समस्या भएकोले केही समाधान हुन सक्न कि भनेर जिल्ला प्रशासन कार्यालयमा कुरा भइरहेको उनले बताए ।

उनका अनुसार बजारमा तत्काल खाद्यान्न अभाव हुने अवस्था छैन । ‘लक डाउन भन्नसाथ डराउनुपर्ने होइन । ग्राहकलाई खाद्यान्न अभाव भएको छैन’ श्रेष्ठले भने, ‘उपभोक्ताको हितको लागि व्यवसायीहरूले काम गर्ने हो ।’

संघले सम्भव भएसम्म पसल सञ्चालन गर्न समेत आग्रह गरेको श्रेष्ठले बताए ।

अहिले आत्तिनु पर्दैन : साल्ट ट्रेडिङ

अहिले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले उपभोक्ताको हितलाई ध्यानामा राखेर विभिन्न ठाउँमा आउलेट खोलेर खाद्य सामग्री बिक्री गरिरहेको छ ।

खाद्यन्नका सामग्रीहरू केही महिनाका लागि पुग्ने गरी राखिएकाले सर्वसाधरणलाई नआत्तिन साल्ट ट्रेडिङका निर्देशक ब्रजेस कुमार झाले आग्रह समेत गरे ।

झाले उपभोग्य सामग्रीहरू बजारमा सजिलै उपलब्ध भएकाले घरमा ‘गोदाम नबनाउन’ उपभोक्तालाई आग्रह गरेका छन् ।

‘नुन १० महिनाको लागि पुग्ने छ’ उनले भने, ‘चिनी १० हजार मेट्रिक टन छ, ।’

खाद्यन्नमा अहिले कुनै पनि समस्या नहुने झाको भनाइ छ । ‘मंसिरमा धान भित्रिएको छ, रहर, मुसुरो, चना, केराउ लगायतका दाल र गहुँ भित्रिने बेला भइसक्यो’ उनले भने, ‘गाउँघरमा अन्नको समस्या हुँदैन र शहरमा पनि आपूर्ति गर्न सकिन्छ ।’

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : २५ बजे

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना