गुणस्तरमा प्रश्न उठेपछि तिब्बतमै रोकिए नेपाल पठाइएका चिनियाँ स्वास्थ्य सामग्री « Khabarhub

गुणस्तरमा प्रश्न उठेपछि तिब्बतमै रोकिए नेपाल पठाइएका चिनियाँ स्वास्थ्य सामग्री


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले कोरोना भाईरस (कोभिड–१९) परीक्षणका लागि नेपाललाई प्रदान गरेको  किट तथा अन्य उपचार सामग्री तिब्बतमै रोकिएको छ ।

चीनीयाँ स्वास्थ्य समाग्रीको गुणस्तरका विषयमा प्रश्न उठेपछि नेपालका लागि हिँडेको सामाग्री बिचबाटैमै रोकिएको हो ।

गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले नेपाली दूतावबासलाई उपलब्ध गराएको २ हजार कोरोना परीक्षण किट काठमाडौं ल्याउन लागिएको थियो ।

नेपाल आउने सामान रोकिनुको कारण गुणस्तरहित रहेको बुझिए पनि चीनले प्राविधिक कारणले पठाउन नसकिएको बताएको छ । यस विषयमा चिनियाँ सरकारी निकायले नेपाललाई समेत जानकारी गराएको जनाइएको छ ।

यस अघि कोरोना परीक्षणका जाँच किटले ३० प्रतिशत विरामीको मात्रै पहिचान गर्न सकेको, रोग लागे पनि ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको र गुणस्तरहीन भएको भन्दै स्पेनले चिनियाँ कम्पनीबाट आपूर्ति भएका सामाग्री फिर्ता गर्ने निर्णय गरेको थियो ।

चीन सरकारले आफैले १९ वटा कम्पनीहरु सूचीकृत गरी त्यसमार्फत मात्रै चिनियाँ सहयोग पठाउने गरेको छ। त्यो १९ कम्पनीको सूचीमा बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनी भने पर्दैन।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : ३८ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको