गुणस्तरमा प्रश्न उठेपछि तिब्बतमै रोकिए नेपाल पठाइएका चिनियाँ स्वास्थ्य सामग्री « Khabarhub

गुणस्तरमा प्रश्न उठेपछि तिब्बतमै रोकिए नेपाल पठाइएका चिनियाँ स्वास्थ्य सामग्री


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले कोरोना भाईरस (कोभिड–१९) परीक्षणका लागि नेपाललाई प्रदान गरेको  किट तथा अन्य उपचार सामग्री तिब्बतमै रोकिएको छ ।

चीनीयाँ स्वास्थ्य समाग्रीको गुणस्तरका विषयमा प्रश्न उठेपछि नेपालका लागि हिँडेको सामाग्री बिचबाटैमै रोकिएको हो ।

गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले नेपाली दूतावबासलाई उपलब्ध गराएको २ हजार कोरोना परीक्षण किट काठमाडौं ल्याउन लागिएको थियो ।

नेपाल आउने सामान रोकिनुको कारण गुणस्तरहित रहेको बुझिए पनि चीनले प्राविधिक कारणले पठाउन नसकिएको बताएको छ । यस विषयमा चिनियाँ सरकारी निकायले नेपाललाई समेत जानकारी गराएको जनाइएको छ ।

यस अघि कोरोना परीक्षणका जाँच किटले ३० प्रतिशत विरामीको मात्रै पहिचान गर्न सकेको, रोग लागे पनि ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको र गुणस्तरहीन भएको भन्दै स्पेनले चिनियाँ कम्पनीबाट आपूर्ति भएका सामाग्री फिर्ता गर्ने निर्णय गरेको थियो ।

चीन सरकारले आफैले १९ वटा कम्पनीहरु सूचीकृत गरी त्यसमार्फत मात्रै चिनियाँ सहयोग पठाउने गरेको छ। त्यो १९ कम्पनीको सूचीमा बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनी भने पर्दैन।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : ३८ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला