नेपालगञ्जमा दुर्घटना भएको जहाजमा पहिलेदेखि नै समस्या « Khabarhub

नेपालगञ्जमा दुर्घटना भएको जहाजमा पहिलेदेखि नै समस्या


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोभिड–१९ संक्रमणको आशंका गरिएका बिरामीहरुको स्वाब संकलनका लागि काठमाडौंबाट उडेको नेपाल एयरलाईन्सको दुर्घटनाग्रस्त वाइ १२ ई जहाजमा पहिले देखी नै समस्या रहेको पाइएको छ ।

आज नेपालगञ्जको धावनमार्गमा ल्याडिंड गर्ने क्रममा दुर्घटना भएको जहाज १७ सिट क्षमताको त्यहीँ वाइ १२ ई मोडेलको जहाजहरु मध्येको एक हो । जसलाई चीनबाट खरीद गरेर ल्याईए पनि पाँच बर्ष थन्काएर राखिएको थियो ।

उक्त मोडेलको जहाज चलाउन प्रशिक्षित पाइलटको अभावलगायत अन्य प्रशासनीक र प्राविधिक कारणले जहाज लामो समयसम्म प्रयोगमा आउन सकेको थिएन ।

सन् २०१४ मा चीनबाट किनिएको उक्त जहान सन् २०१९ बाट उडाउन थालिएको थियो । लामो समयसम्म सो बिमानहरु थन्किदा नेपाल एयरलाइन्स धेरै ठूलो घाटा बेहोर्नु परेको थियो ।

प्रशिक्षित पाइलटको अभावसँगै यो जहाजको गुणस्तरमा पनि पहिले नै समस्या औल्याइएको थियो । यो जहाजले क्षमताले नेपाल नागरिक उडड्यन प्राधिकरणले तोकेको ल्यान्डिंग सम्वन्धी मापदण्ड पूरा गर्न पनि नभ्याउने विज्ञहरुले बताएका छन् ।

प्राधिकरणको मापदण्ड अनुसार यस खालको कुनै पनि जहाज अवतरण गर्दा विमानस्थलमा १.२ डिग्री ग्रेडियेन्टभन्दा माथि उड्न पाउदैन् तर यो जहाजले भने सो मापदण्ड पूरा गर्न सकिदैन्थ्यो ।

उक्सत जहाज सिमरा र पोखरा बिमानस्थलसम्म मात्र उडाइन्थ्यो । तर आज अन्यन्त्र उडान गर्दा दुर्घटना भएको आकलन गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : ५८ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक