लकडानबाट प्रभावित भएका गरिब परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण « Khabarhub

लकडानबाट प्रभावित भएका गरिब परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– दैनिक ज्यालादारी गरी परिवार चलाउने तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई वीरगन्ज महानगरपालिकाले खाद्यान्न लगायत उपभोग्य वस्तु सहयोगको अभियान शुरु गरेको छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) बिजय कुमार सरावगीले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमै पुगेर दैनिक उपभोग्य सामग्री वितरण अभियान शुरु गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण दैनिक गुजारा चलाउन मुस्किल परेका व्यक्ति तथा परिवारलाई घरमै पुगेर दैनिक उपभोग्य सामग्री वितरण गर्न थालिएको मेयर सरावगीले जानकारी दिए ।

सरकारले जारी गरेको लकडाउनका कारण दिनभरी मजदुरी गरेर छाक टार्नेहरु बढी प्रभावित भएका छन् । वीरगन्ज महानगरपालिकाले लकडाउन प्रभावित व्यक्ति तथा परिवारको सूची बनाइ घरमै गएर उपभोग्य वस्तु वितरण गर्न थालेको हो ।

शनिबार बिहान वडा नम्बर ३ र वडा नम्बर १२ मा पुगेर दैनिक ज्यालादारी गरी घरपरिवार चलाउने २ सय ५० व्यक्तिका परिवारलाई उपभोग्य वस्तु वितरण गरिएको मेयर सरावगीले बताए ।

महानगरपालिकाले चामल, दाल, नुन आलु, चाउचाउ, बिस्कुट लगायतका सामग्रीहरुको पोको नै बनाएर बाँड्न थालेको हो ।

मेयर सरावगीले महानगरपालकिाका ३२ वटै वडाहरुमा उक्त अभियान सञ्चालन गरिने पनि जानकारी दिए ।

पहिलो चरणमा खाद्यय सामग्रीहरुको १० हजार ५ सय पोका तयारी गरी वितरण अभियान शुरु गरिएको र आवश्यकताअनुसार निरन्तरता दिँदै जाने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ०१ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत