धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिने « Khabarhub

धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिने


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले धनगढी, डोटी र बैतडीमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद्को बैंठकले कोरोना रोकथाम नियन्त्रणका लागि कोरोनाभाइरस जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषसमेत स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले कोषमा ४० करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले सेती प्रादेशिक अस्पतालमा कैलाली र कञ्चनपुरका संक्रमितको ‘थ्रोट’ स्वावको नमुना परीक्षणका लागि सुविधासम्पन्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको बताए ।

त्यसैगरी, गरिबीको रेखामुनि रहेका र मजदुरी गर्नेहरुका लागि आर्थिक साहयता प्याकेज प्रदान गरिने पनि उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : १६ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित