भारतमा कोरोनाको संक्रमण रोक्न २५ करोड दिने अभिनेता अक्षयको घोषणा « Khabarhub

भारतमा कोरोनाको संक्रमण रोक्न २५ करोड दिने अभिनेता अक्षयको घोषणा


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला संक्रमण रोकथामका लागि सबै क्षेत्रबाट सहयोगको घोषणा भएका छन् ।

कोरोना भाइरसविरुद्ध लड्न भारतीय मनोरञ्जन क्षेत्रका स्टार कलाकारकारहरूले खुलेर अग्रसरता देखाइरहेका छन्।

भारतीय स्टार कलाकारहरूले आ–आफ्नो तर्फबाट आर्थिक सहयोगको घोषणा गरिरहेका बेला अभिनेता अक्षय कुमारले २५ करोड भारतीय रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

शनिबार अक्षयले आफ्नो अफिसियल ट्वीटरमार्फत् ट्वीट गर्दै लेखेका छन्, ‘यो समय जनताको जीवन रक्षाको समय हो र सबैले सकेजति केही न केही गर्नुपर्ने समय पनि हो। त्यसैले म मेरो बचतबाट रु २५ करोड प्रधानमन्त्री राहत कोषमा सहयोगको घोषणा गर्दछु,।’

यसैगरी सरकारले घोषणा गरेको राहत कोषमा अन्य अभिनेताहरूमा प्रभासले रु १ करोड, महेश बाबुले रु १ करोड रूपैयाँ राहत कोषमा जम्मा गर्ने भएका छन्। त्यस्तै अर्का अभिनेता पवन कल्याणले पनि राहत कोषमा १ करोड सहयोग गर्ने घोषणा गरिसकेका छन्।

भारतमा २१ दिन लामो लकडाउन घोषणासँगै जनजीवन प्रभावित बनेको छ। भारतमा शनिबार बेलुकीसम्म २० जनाो मृत्यू भएको छ भने ९ सय ३३ जनामा संक्रमण देखिएको छ । जसमध्ये ८४ जना उपचारपछि निको भएका छन् भने ८ सय २९ जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : २२ बजे

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको