कोरोना संक्रमणसँग जुध्न सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्न साझा पार्टीको सुझाव « Khabarhub

कोरोना संक्रमणसँग जुध्न सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्न साझा पार्टीको सुझाव


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा पार्टीले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र उच्चस्तरीय विज्ञ समितिको गठन गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्रीको नाममा लेखिएको सुझावपत्र आज साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र प्रवक्ता डा. सूर्यराज आचार्यले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलको संयोजकत्वमा रहेको ‘कोरोना रोग संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै साझा पार्टीले अहिलेको विषम् परिस्थितिमा राष्ट्रिय सहमति प्रतिबिम्बित हुने राजनीतिक तहको एकतापूर्ण निर्णय हुने गरी उच्चस्तरीय राजनीीतक संयन्त्र गठन गर्नुपर्ने बताएको छ।

साझाले सके प्रधानमन्त्री नभए उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा प्रमुख राजनीतिक नेताहरु समेत रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्न साझाले सुझाव दिएको छ।

साझा पार्टीले एक उच्चस्तरीय विज्ञ समिति गठन गर्न पनि सुझाव दिएको छ। अहिलेकै संरचनाबाट कोरोना महामारीको सामना गर्न कठिन हुने पनि निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १० : १६ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा