पार्टीमा अप्ठेरोमा परेका प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच मध्यराति भेटवार्ता | Khabarhub Khabarhub

पार्टीमा अप्ठेरोमा परेका प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच मध्यराति भेटवार्ता


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यादेश फिर्ता ल्याइसक्दा समेत पार्टीभित्रबाट निरन्तर अप्ठेरोमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यराति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच मध्यराति भेटवार्ता भएको हो ।

पार्टीमा छलफल नै नगरी अपरझटपूर्ण तवरले अघिल्लो सोमबार २ अध्यादेश ल्याएर त्यसलाई फिर्ता लिन बाध्य भएका ओलीलाई त्यसयता पार्टीभित्रबाट झन् अप्ठेरो पार्दै लगिएको छ ।

अप्ठेरो परिस्थितीमा पुगेका ओली र प्रधानन्यायाधीश राणाबीच भएको भेटवार्ता निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यादेश ल्याउने र फिर्ता लिने ओलीको कदमलगत्तै उनीइत्तरका शीर्ष नेताहरुले उनलाई जिम्मेवारीबाट हटाउनेसम्मको तयारी गरेका समाचारहरु बाहिरिएपछि संकट समाधानका लागि प्रधानमन्त्री ओलीले सक्रियता बढाएका छन् ।

बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न पार्टी सचिवालयले गत फागुन १४ गते  गरेको सिफारिसलाई चुनौती दिएका ओलीप्रति त्यसयता अर्को पक्ष रुष्ट छ ।

गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न पार्टीले गरेको सिफारिसलाई वेवास्ता गर्दै अघि बढेका ओलीलाई प्रचण्ड – माधव नेपाल समुहले अध्यादेश फिर्ता लिएलगत्तै नैतिकता आधारमा राजिनामा दिन समेत सुझाएको बताइन्छ ।

पार्टी सचिवालय, स्थायी कमिटी, संसदीय दल लगायतमा अल्पमतमा परेका ओली अप्ठेरो पर्दै गएपछि यतिबेला लगातार आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।

ओली, माधव नेपाल र प्रचण्ड पक्षधरबीच दुई दिन यता पटक/पटक छलफल भएका छन् । यहीबीचमा तीन वटै गुटका आन्तरिक छलफल पनि भएका छन् । दुई पक्षीय तथा बहुपक्षीय छलफलबाट पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको भूमिका शंकास्पद र विश्वासयोग्य नभएको भन्दै अन्ततः विवाद सचिवालय बैठकसम्म पुग्ने भएको छ ।

त्यसका लागि मंगलबार सचिवालय बैठक डाक्न नेताहरु सहमत भएका छन् । उक्त बैठकले ओलीको अधिकार कटौती गर्ने वा एकचोटीलाई माफि दिएर  पार्टी र सरकारलाई अघि बढाउने भन्नेबारे निर्क्यौल हुने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ६ : १८ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज