पार्टीमा अप्ठेरोमा परेका प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच मध्यराति भेटवार्ता « Khabarhub

पार्टीमा अप्ठेरोमा परेका प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच मध्यराति भेटवार्ता


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यादेश फिर्ता ल्याइसक्दा समेत पार्टीभित्रबाट निरन्तर अप्ठेरोमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यराति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच मध्यराति भेटवार्ता भएको हो ।

पार्टीमा छलफल नै नगरी अपरझटपूर्ण तवरले अघिल्लो सोमबार २ अध्यादेश ल्याएर त्यसलाई फिर्ता लिन बाध्य भएका ओलीलाई त्यसयता पार्टीभित्रबाट झन् अप्ठेरो पार्दै लगिएको छ ।

अप्ठेरो परिस्थितीमा पुगेका ओली र प्रधानन्यायाधीश राणाबीच भएको भेटवार्ता निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यादेश ल्याउने र फिर्ता लिने ओलीको कदमलगत्तै उनीइत्तरका शीर्ष नेताहरुले उनलाई जिम्मेवारीबाट हटाउनेसम्मको तयारी गरेका समाचारहरु बाहिरिएपछि संकट समाधानका लागि प्रधानमन्त्री ओलीले सक्रियता बढाएका छन् ।

बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न पार्टी सचिवालयले गत फागुन १४ गते  गरेको सिफारिसलाई चुनौती दिएका ओलीप्रति त्यसयता अर्को पक्ष रुष्ट छ ।

गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न पार्टीले गरेको सिफारिसलाई वेवास्ता गर्दै अघि बढेका ओलीलाई प्रचण्ड – माधव नेपाल समुहले अध्यादेश फिर्ता लिएलगत्तै नैतिकता आधारमा राजिनामा दिन समेत सुझाएको बताइन्छ ।

पार्टी सचिवालय, स्थायी कमिटी, संसदीय दल लगायतमा अल्पमतमा परेका ओली अप्ठेरो पर्दै गएपछि यतिबेला लगातार आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।

ओली, माधव नेपाल र प्रचण्ड पक्षधरबीच दुई दिन यता पटक/पटक छलफल भएका छन् । यहीबीचमा तीन वटै गुटका आन्तरिक छलफल पनि भएका छन् । दुई पक्षीय तथा बहुपक्षीय छलफलबाट पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको भूमिका शंकास्पद र विश्वासयोग्य नभएको भन्दै अन्ततः विवाद सचिवालय बैठकसम्म पुग्ने भएको छ ।

त्यसका लागि मंगलबार सचिवालय बैठक डाक्न नेताहरु सहमत भएका छन् । उक्त बैठकले ओलीको अधिकार कटौती गर्ने वा एकचोटीलाई माफि दिएर  पार्टी र सरकारलाई अघि बढाउने भन्नेबारे निर्क्यौल हुने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ६ : १८ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा