कोरोनाको संक्रमण रोक्न चीनमा नयाँ जुक्ति, विद्यालयमा एक मिटर कायम गर्न विशेष टोपी (फोटोफिचर) « Khabarhub

कोरोनाको संक्रमण रोक्न चीनमा नयाँ जुक्ति, विद्यालयमा एक मिटर कायम गर्न विशेष टोपी (फोटोफिचर)


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा नियमित पठनपाठन शुरु भएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन विद्यार्थीलाई विशेष पोशाकको व्यवस्थासहित विद्यालय सञ्चालन गरिएको हो ।

चीनको शाङ्घाइ र बेइजिङ्गका केही विद्यालयहरुमा नियमित पठनपाठन शुरु गरिएको हो । विद्यालय खुलेपछि सोमबारदेखि केही विद्यालयमा विद्यार्थी पुगेका छन् ।

हप्तौँको लकडाउनपछि विद्यार्थीहरु पहिलोपटक विद्यालय फर्किएका हुन् । शाङ्घाइमा मिडल तथा हाइस्कूलको अन्तिम वर्षका विद्यार्थीहरु स्कूल आउन थालेका हुन् । बेइजिङ्गमा भने हाइस्कूलका सिनियरहरु मात्रै विद्यालय फर्किएका हुन् ।

चीनका अधिकांश क्षेत्रमा कोरोना भाइरसको महामारी शुरु भएसँगै बन्द भएका थिए र अनलाइन मार्फत नै कक्षा हुने गरेका थिए । गएको महिनादेखि मात्रै केही विद्यालयमा अध्ययन सुरु भएको थियो ।

सोमबारदेखि थप विद्यालय नियमित कक्षामा फर्किएका हुन् । तर विद्यार्थीहरुको पोशाक भने नियमित जस्तो छैन । हरेक विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने एक मिटरको दूरी कायम गराउनका लागि विशेष प्रकारको टोपी पनि लगाइदिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ६ : २५ बजे

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२