एसियाकै ठूलो रेडियो टेलिस्कोप बनाउँदै चीन « Khabarhub

एसियाकै ठूलो रेडियो टेलिस्कोप बनाउँदै चीन


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले एसियाकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप बनाउन थालेको छ । मार्स मिसनका लागि निर्माण थालिएको यो टेलिस्कोप उत्तरी तियाञ्जन प्रान्तको वुक्विङ जिल्लामा काम भइरहेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो रेडियो टेलिस्कोपको डाइमिटर ७० मिटर रहेको र यसले मंगल ग्रहमा रहेका सूचना र जानकारीहरु सजिलै ग्रहण गर्न सक्ने बताइएको छ। सन् २०२० मा सार्वजनिक गर्ने तयारीमा रहेको चीनले यसको नाम तियानवेन १ राखेको छ।

यो तियानवेन- १ यस्तो रेडियो टेलिस्कोप हो जसले मंगल ग्रहको कक्ष, ल्याण्डिङ र रोभिङमा के भइरहेको छ भनेर सजिलै जानकारी दिन सकिने चीनको नेशनल एस्ट्रोनोमिकल अब्जर्भेसन अफ दि चाइनिज एकेडेमी अफ साइन्सले दाबी गरेको छ।

यसको आकार करीब ४ वटा बास्केट बलको कोर्ट बराबर रहेको छ । साथै यसले पृथ्वीबाट ४०० किलोमिटर टाढा रहेको साइन्टिफिक डाटा दिन सक्नेछ।

मार्स एक्सप्लोरेशन मिसनका कार्यकारी प्रमुख ली चुन लाइले भनेका छन्, ‘ यो रेडियो टेलिस्कोपले पृथ्वीबाट ४ सय किलोमिटर पर रहेको मंगल ग्रहमा हुने सबै साइन्टिफिक डाटाहरु प्राप्त गर्न सक्छ। यतिमात्र नभएर कमजोर सिग्नललाई बलियो समेत बनाउन मद्दत गर्दछ। ‘

यसअघि चीनले पनि लुनार प्रोब चन्द्रमामा सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ। यसले पृथ्वीमा हुने प्राकृतिक विपत्ति, विज्ञानमा प्रकाशको नयाँ खोज गर्ने बताइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ६ : ४४ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव