करिब २५ हजार भारतीय श्रमिक एक महिनादेखि समुन्द्रभित्र डुंगामै « Khabarhub

करिब २५ हजार भारतीय श्रमिक एक महिनादेखि समुन्द्रभित्र डुंगामै


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसक नियन्त्रण गर्न भारत सरकारले लकडाउन गरेपछि करिब २५ हजार भारतीय श्रमिक एक महिनादेखि समुन्द्रभित्र डुंगामा बस्न बाध्य भएका छन् ।

उनीहरु गत मार्च २४ देखि भारतको गुजरातमा पर्ने समुद्री तटबाट छिर्न पाएका छैनन् । एक महिनादेखि आफ्नो डुंगासहित गुजरातको भेरभल बन्दरगाहमै रोकिएको एक पीडित मैलुपल्ली पोलिसुले बताए ।

पोलिसु २५ हजार माझी (माछा मार्नेहरु)मध्ये एक हुन् । जो गत मार्च २४ देखि भारतको गुजरातमा पर्ने समुद्री तटबाट छिर्न पाएका छैनन् । भारतमा देशव्यापी लकडाउन घोषणा गरेदेखि नै यी माझीहरु समुद्रमै रोकिएका हुन् ।

महाराष्ट्र, आन्द्र प्रदेश, उत्तर प्रदेश, बिहार, गुजरात लगायत राज्यबाट माझीहरु हरेक वर्ष अगस्ट महिनामा समुद्रमा महिनामा यसै गरी माछा मार्न जाने गर्छन् । आफ्नो जीवीकोपार्जनका लागि अगस्टमा माछा मार्न गएर मार्चमा फर्कने गर्छन् ।

‘हामीसँग सीमित मात्रै पिउने पानी छ । डुंगामा ट्वाइलेटको सुविधा छैन । दुई छाक मात्रे खाना पाएका छौँ । जसरी पनि हामी छिटो घर पुग्न चाहने एउटै चाहना छ,’ पोलिसुले भने ।

भारत सरकारले लकडाउनको घोषणा गर्दा गुजरात, महाराष्ट्र र कर्नाटकामा यस्ता हजारौँ माछा मार्ने श्रमिकहरु समुन्द्रमै थिए । जो अहिलेसम्म फर्कन सकेका छैनन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ०७ बजे

समानुपातिकतर्फको मतगणना अन्तिमचरणमा

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस

काठमाडौं– सर्वाेच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू

काठमाडौं- यूएईस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू

विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइ जापान, व्यवस्थापन पढ्ने धेरै

काठमाडौं– नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो