विश्वभर कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ, स‌क्रमण र मृत्युदर घट्दो « Khabarhub

विश्वभर कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ, स‌क्रमण र मृत्युदर घट्दो


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस को संक्रमण मृत्यु दरमा दुई दिन यता घट्दो क्रममा देखिएको छ ।

आइतबार र सोमबारको तथ्या‌कलाई नियाल्ने हो भने कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ उन्मुख छ ।

आइतबार विश्वभर ३ हजार ५ सयको हाराहारीमा कोरोना संक्रमितको ज्यान गएको थियो भने सोमबार ४ हजार ५ सयले ज्यान गुमाएका छन् । यो तथ्या‌क केही दिन अगाडिको तुलनामा अत्यन्त न्यून हो । किनकी केही दिन अघि अमेरिकामा मात्र दैनिक करिव ३ हजारको मृत्यु हुने गरेको थियो ।

कोरोनाबाट सबैभन्दा बढी आक्रान्त अमेरिकामा विगत दुई दिनदेखि यसको संक्रमण र ज्यान गुमाउनेको संख्यामा उल्लेख्य मात्रामा कमी आएको छ ।

गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट १ हजार ३८४ जनाले ज्यान गुमाएका छन् । यो दुई दिनअघिको तुलनामा आधाले कमी हो। आइतबार अमेरिकामा यसको संक्रमणबाट ११ सय ५७ जनाको ज्यान गएको थियो।

शनिबार अमेरिकामा २ हजार ६५ जनाको मृत्यु भएको थियो। सोमबार त्यहाँ संक्रमण दर पनि घटेको छ। सोमबार अमेरिकामा २० हजार ९ सय ३५ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन त्यहाँ ३३ हजार भन्दा धेरै संक्रमित भएका थिए।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५६ हजार ६ सय ५० जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १० लाख ८ हजार नाघेको छ।

सोमबार विश्वभर ६५ हजार ८ सय ७१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। जब कि तीन दिनअघि मात्रै एकै दिन एक लाख भन्दा धेरै संक्रमित थपिएका थिए। सोमबार कोरोना संक्रमणबाट विश्वभर गरेर ४२ सय ८८ जनाको मात्रै मृत्यु भएको छ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ११ हजार ४४७ पुगेको छ। संक्रमितको संख्या ३० लाख ६३ हजार नाघेको छ। अहिलेसम्म ९ लाख २२ हजार बढी उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट स्पेनमा ३३१, इटालीमा ३३३, फ्रान्समा ४३७, युकेमा ३६०, ब्राजिलमा २७२, क्यानाडामा १४४, बेल्जियममा ११३ जनाको मृत्यु भएको छ। यो पनि केही दिन अघिको तुलनामा कम हो ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ३५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना