विश्वभर कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ, स‌क्रमण र मृत्युदर घट्दो « Khabarhub

विश्वभर कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ, स‌क्रमण र मृत्युदर घट्दो


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस को संक्रमण मृत्यु दरमा दुई दिन यता घट्दो क्रममा देखिएको छ ।

आइतबार र सोमबारको तथ्या‌कलाई नियाल्ने हो भने कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ उन्मुख छ ।

आइतबार विश्वभर ३ हजार ५ सयको हाराहारीमा कोरोना संक्रमितको ज्यान गएको थियो भने सोमबार ४ हजार ५ सयले ज्यान गुमाएका छन् । यो तथ्या‌क केही दिन अगाडिको तुलनामा अत्यन्त न्यून हो । किनकी केही दिन अघि अमेरिकामा मात्र दैनिक करिव ३ हजारको मृत्यु हुने गरेको थियो ।

कोरोनाबाट सबैभन्दा बढी आक्रान्त अमेरिकामा विगत दुई दिनदेखि यसको संक्रमण र ज्यान गुमाउनेको संख्यामा उल्लेख्य मात्रामा कमी आएको छ ।

गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट १ हजार ३८४ जनाले ज्यान गुमाएका छन् । यो दुई दिनअघिको तुलनामा आधाले कमी हो। आइतबार अमेरिकामा यसको संक्रमणबाट ११ सय ५७ जनाको ज्यान गएको थियो।

शनिबार अमेरिकामा २ हजार ६५ जनाको मृत्यु भएको थियो। सोमबार त्यहाँ संक्रमण दर पनि घटेको छ। सोमबार अमेरिकामा २० हजार ९ सय ३५ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन त्यहाँ ३३ हजार भन्दा धेरै संक्रमित भएका थिए।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५६ हजार ६ सय ५० जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १० लाख ८ हजार नाघेको छ।

सोमबार विश्वभर ६५ हजार ८ सय ७१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। जब कि तीन दिनअघि मात्रै एकै दिन एक लाख भन्दा धेरै संक्रमित थपिएका थिए। सोमबार कोरोना संक्रमणबाट विश्वभर गरेर ४२ सय ८८ जनाको मात्रै मृत्यु भएको छ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ११ हजार ४४७ पुगेको छ। संक्रमितको संख्या ३० लाख ६३ हजार नाघेको छ। अहिलेसम्म ९ लाख २२ हजार बढी उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट स्पेनमा ३३१, इटालीमा ३३३, फ्रान्समा ४३७, युकेमा ३६०, ब्राजिलमा २७२, क्यानाडामा १४४, बेल्जियममा ११३ जनाको मृत्यु भएको छ। यो पनि केही दिन अघिको तुलनामा कम हो ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ३५ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा