कोरोना भाइरस : लाखौं नेपाली रहेका खाडीका ६ देशमा २७६ को मृत्यु « Khabarhub

कोरोना भाइरस : लाखौं नेपाली रहेका खाडीका ६ देशमा २७६ को मृत्यु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले नेपालीहरुको धेरै उपस्थिती रहेका खाडीका ६ मुलुकमा २७६ जनाको मृत्यु भएको छ ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १४४ जनाको मृत्यु भएको छ । साउदी अरव  १८ हजार ८११ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ८२ जनाको मृत्यु भएको छ भने १० हजार ८३९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत २२ जनाको मृत्यु भएको छ भने ३ हजार २८८ जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १०/१० जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश ११ हजार २४४ र २०४९ गरी कुल १३ हजार २९३ जना संक्रमित भएका छन् ।

बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ७४९ जना संक्रमित भएका छन् ।

गैह्रआवासिय नेपाली संघ (एनआरएनए)का अनुसार कोरोना भाइरसले अहिलेसम्मका खाडीका ६ राष्ट्रमध्ये युएईमा २ जना नेपालीको मृत्यु भएको छ ।

खाडीका ६ राष्ट्रमध्ये युएईमा ८१, बहराइनमा ४९, कुवेतमा ४२ र साउदीमा ४ जना गरी १७६ जना नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ ।

नेपाली श्रमिकको आकर्षक श्रम गन्तव्य मानिने खाडी मुलुकमा लाखौँ नेपाली कार्यरत छन् । कतिपय नेपालीहरुले नेपाल आउन चाहिरहँदा समेत सरकारले ल्याउने तदारुकता नदेखाउँदा अप्ठेरोमा परेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ३२ बजे

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने