कोरोना भाइरस : ९ लाख २२ हजारभन्दा बढी निको भए « Khabarhub

कोरोना भाइरस : ९ लाख २२ हजारभन्दा बढी निको भए


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ९ लाख २२ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।

यो समाचार तयार पार्दासम्म उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या कोरोनाले मृत्यु भएकाको भन्दा ७ लाख १० हजार ८५० ले बढी हो ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर्स इन्फोका अनुसार युरोपमा ४ लाख ४६ हजार ४६४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख २३ हजार ९९७ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६६ हजार ६०६ जना निको भएका छन् । ती मुलुकहरुमा ६१ हजार ५४९ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख ३६ हजार ५७५ जना कोरोना संक्रमित निको भएका छन् । एसियाली मुलुकमा १७ हजार ५८८ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ६११ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ६ हजार ७३० जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका ३३ हजार ९९१ जनामध्ये १० हजार ५७५ जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलिया तथा ओसिनिया मुलुकहरुमा १०२ जनाको मृत्यु भएको छ भने ६ हजार ८३८ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : १४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक