कुहिएको चामल बेच्ने व्यापारीलाई नवलपरासीमा मुद्दा दायर « Khabarhub

कुहिएको चामल बेच्ने व्यापारीलाई नवलपरासीमा मुद्दा दायर


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ ।

राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको खाद्य प्रविधि कार्यालयले जनाएको छ ।

गत चैत २८ गते नगरपालिकाले राहत सामग्रीमा वितरण गरेको चामल कुहिएको भन्दै राहत पाएकाहरुले विरोध जनाएका थिए ।

कार्यालयले चामलको नमूना संकलन गरी परीक्षण गर्दा चामल न्यून गुणस्तरको भएको रिपोर्ट दिएको थियो ।

खाद्य सामग्री उत्पादन र बिक्र वितरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान भए पनि उद्योगसंग खाद्य सामग्री बिक्री वितरण गर्ने अनुज्ञापत्रसमेत नभएको पाइएकाले मुद्दा दायर गरिएको कार्यालय जनाएको छ ।

खाद्य ऐन २०२३ उल्लंघन गरी न्यून गणस्तरको खाद्य पदार्थ बिक्री वितरण गरेको कसूरमा उनीमाथि जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको छ भने लाइसेन्स नलिई खाद्य सामग्री उत्पादन र बिक्रिवितरण गरेकोमा उनलाई जिल्ला प्रशासन कार्यालयले जरिवाना गर्न सक्नेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : ५० बजे

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा