म्याग्दीमा खोप सेवा एक महिनापछि शुरु | Khabarhub Khabarhub

म्याग्दीमा खोप सेवा एक महिनापछि शुरु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगन खोप सेवा म्याग्दीमा एक महिनापछि शुरु भएको छ । बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले सङ्क्रमणको सम्भावित जोखिम रोक्न खोप स्थगन गरिएकामा म्याग्दीमा वैशाख १२ गतेदेखि खोप कार्यक्रम शुरु भएको हो ।

बेनी अस्पतालमा हरेक महिनाको ४, १२, २० र २७ गते खोप कार्यक्रम सञ्चालन हुन्छ । गाउँपालिकाहरुमा प्रत्येक महिनाको १ देखि १० गतेभित्र खोप कार्यक्रम सञ्चालन हुने समयतालिका छ । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले सरकारको पछिल्लो निर्णयानुसार नियमित खोप सेवा शुरु भएको जानकारी दिए ।

बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थाले नियमित समयतालिकाअनुसार खोप कार्यक्रम सञ्चालन गर्ने उनले बताए । दादुरा–रुवेलाविरुद्धको खोप कार्यक्रमसमेत स्थगन भएको थियो । धवलागिरि, मङ्गला र मालिका गाउँपालिकामा दादुरा–रुवेला खोप अभियान सकिएको छ । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा बन्दाबन्दी सकिएपछि खोप अभियान चलाइने स्वास्थ्य कार्यालय प्रमुख लम्सालले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै जारी गरेको कोभिड–१९ को महामारीको समयमा नियमित खोप कार्यक्रम सञ्चालनका लागि मार्गदर्शनअनुसार म्याग्दीका ४५ वटै वडामा खोप कार्यक्रम शुरु गर्ने तयारी गरिएको छ । म्याग्दीमा दुई वर्षमुनिका करिब पाँच हजार बालबालिका नियमित खोप कार्यक्रममा आबद्ध रहेको बताइन्छ । बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ रोगविरुद्ध खोप दिइन्छ ।

खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने मार्गदर्शन जारी भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : ५३ बजे

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा