मूल्य सूची नराखी खाद्यान्न बिक्री गर्ने स्टोरलाई विभागको कारबाही « Khabarhub

मूल्य सूची नराखी खाद्यान्न बिक्री गर्ने स्टोरलाई विभागको कारबाही


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाद्यान्नको मूल्य वृद्धिको गुनासो बढ्न थालेपछि सरकारले कडाइ थालेको छ । मूल्यसूची नराखी खाद्यन बिक्री गरिरहेका खाद्य स्टोरहरुलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।

लकडाउनको समयमा उपभोक्तालाई खाद्यान्न अभाव हुन नदिनका लागि सरकारले दैनिक उपभोग्य वस्तुहरुका बिक्री केन्द्रहरु बिहान बेलुका निश्चित समयसम्मका लागि खुला गर्न सरकारले छुट दिएको छ । यसलाई कालोबजारीको अवसरका रुपमा प्रयोग गर्न खोज्ने काठमाडौंको कपनस्थित तीनवटा खाद्य स्टेरहरुलाई विभागले कारबाही गरेको हो ।

आइतबार अनुगमनका क्रममा मूल्यसूची नराखी आफूखुशी मूल्य राखेर सामान बिक्री गरेको पाएपछि विभागले कपनका तीन खाद्यान्न बिक्रेताहरुलाई ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गरेको छ ।

अमरावती खाद्य स्टोर्सले बिक्री बिल जारी नगरी बढी मूल्य लिएर अनुचित व्यापारिक क्रियाकलाप गरेकोले दुई लाख रुपैयाँ जरिवाना गरेको विभागले बताएको छ । यस्तै, एमबीटी खाद्य स्टोर्सलाई एक लाख र जीएन स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना भएको छ ।

लकडाउको समयमा वाणिज्यले दैनिकरुपमा बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक नेत्र सुवेदीले बताए । उनले व्यापारीले अनुचित नाफा कमाउने उद्देश्यले मूल्यसूची नराखी उपभोक्तालाई आफूखुशी बढी मूल्यमा सामान बिक्री गर्ने गरेको पाइएको भन्दै अनुगमनका क्रममा त्यस्तो भेटिए कारबाही गर्ने बताए ।

उपभोक्ता संरक्षण विभागले सामानको अभाव देखाउँदै मूल्य बढाउन थालेको पाएपछि औषधि पसल (फार्मेसी) र सर्जिकल पसलहरुको पनि अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : २५ बजे

जन्ती बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारले दियो आर्थिक सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका

‘निर्वाचन सफल बनाउन जिल्लावासीसँग अनुरोध’

रसुवा– जिल्लास्थित जनपथ प्रहरी कार्यालयले निर्वाचन सुरक्षा सहयोगीका रूपमा सर्वसाधारणका

भ्रष्टाचार मुद्दामा थुनिएका अधिकारीलाई सर्वोच्चले पनि छोड्न मानेन

काठमाडौं- भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा थुनामा परेका

समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ

राजविराज– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका