नेकपाको सचिवालय बैठक अन्योलमा, नेताहरु आन्तरिक र बहुपक्षीय छलफलमा « Khabarhub

नेकपाको सचिवालय बैठक अन्योलमा, नेताहरु आन्तरिक र बहुपक्षीय छलफलमा


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यादेश फिर्ता लिइसक्दा समेत विवाद साम्य हुन नसकेपछि आज बस्ने भनिएको नेकपा सचिवालय बैठक अन्योलमा परेको छ ।

अझै पनि नेताहरु आन्तरिक र बहुपक्षीय छलफलमा केन्द्रित हुँदा बैठकबारे अन्योल छाएको हो ।

पार्टी महासचिव विष्णु पौडेलका अनुसार बैठक बस्ने नै भए पनि समय तय भइसकेको छैन । ‘नेताहरु छलफलमै हुनुहुन्छ, बैठक आज नबस्न पनि सक्छ,’ पौडेलले खबरहबसँग भने ।

अघिल्लो सोमबार पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि बढेको विवाद ती अध्यादेश फिर्ता भएसँगै मत्थर हुने ठानिएकोमा त्यस्तो नभएपछि ओली अप्ठेरोमा पर्दै आएका छन् ।

अध्यादेश ल्याउने र फिर्ता लिने ओलीको कदमलगत्तै उनीइतर शीर्ष नेताहरुले उनलाई जिम्मेवारीबाट हटाउनेसम्मको तयारी गरेको सुइको पाएपछि ओलीले संकट समाधानका लागि सक्रियता बढाएका छन् ।

उक्त प्रकरणपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पटक/पटक संवाद गरेका ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा लगायतसँग पनि भेटवार्ता गरेका छन् ।

ओलीले आज पनि प्रचण्डसँग एक्लै छलफल गर्न लागेको उनीनिकट स्रोतले जनाएको छ ।

ओलीसँग भेटअघि प्रचण्डले पनि माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसँग टेलिफोन संवाद गरेको बुझिएको छ ।

बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न पार्टी सचिवालयले गत फागुन १४ गते  गरेको सिफारिसलाई चुनौती दिएका ओलीप्रति त्यसयता अर्को पक्ष रुष्ट छ ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न पार्टीले गरेको सिफारिसलाई बेवास्ता गर्दै अघि बढेका ओलीलाई प्रचण्ड – माधव नेपाल समूहले अध्यादेश फिर्ता लिएलगत्तै नैतिकता आधारमा राजीनामा दिन समेत सुझाएको बताइन्छ ।

पार्टी सचिवालय, स्थायी कमिटी, संसदीय दल लगायतमा अल्पमतमा परेका ओली अप्ठेरो पर्दै गएपछि यतिबेला लगातार आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।

ओली, माधव नेपाल र प्रचण्ड पक्षधरबीच दुई दिन यता पटक/पटक छलफल भएका छन् । यहीबीचमा तीन वटै गुटका आन्तरिक छलफल पनि भएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको भूमिका शंकास्पद रहेको र विश्वासयोग्य नभएको भन्दै उनलाई के गर्ने भन्नेबारे सचिवालयले छिनोफानो गर्नुपर्ने निष्कर्षमा ओलीइतर समूह पुगेको छ ।

बैठकले ओलीको अधिकार कटौती गर्ने वा एकचोटीलाई माफि दिएर  पार्टी र सरकारलाई अघि बढाउने भन्नेबारे निर्क्यौल हुने एक नेताले जानकारी दिए ।

पार्टीभित्र अन्तिम समयसम्म सहमतिको प्रयत्न गर्ने कसरतमा रहेका ओलीले कानूनी र अन्य विकल्प के हुन सक्छन् भनेर विज्ञहरुसँग पनि निरन्तर परामर्शमा रहेको उनी निकट स्रोतले जनाएको छ ।

पार्टी विवाद उग्र हुँदै गएका बेला उनले सोमबार मध्यराति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग पनि भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : २२ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,